अमेरिका र क्यानडाका पत्रकार न्यूयोर्कमा भेला हुने
अमेरिका : अमेरिका र क्यानडालाई कर्म क्षेत्र बनाएका पत्रकार मे महिनाको पहिलो साता न्यूयोर्कमा भेला हुँदैछन् । प्रवासमा रहेका पत्रकारको छाता संगठन नेपाल अमेरिका पत्रकार संघको सातौं अधिवेशनमा पत्रकार संसारको राजधानी मानिने न्यूयोर्कमा जम्मा हुनेछन्।
मे महिनाको २ र ३ तारिख न्यूयोर्कमा हुनलागेको महाधिवेशनका लागि अहिले तयारी तीव्र पारिएको छ । तयारीका लागि आइतबार न्यूयोर्कमा समुदायका प्रतिनिधिसंघ छलफल गरिएको नेजा क्षेत्रीय संयोजक कल्पना घिमिरेले जानकारी दिएकी छन् । घिमिरेकाअनुसार अधिवेशनको तयारीलाई तीव्र पारिएको छ ।
तयारीस्वरुप अहिले विभिन्न उपसमिति बनाएर काम भइरहेको छ । अधिवेशनमा अमेरिका तथा क्यानडा क्षेत्रमा पत्रकारिता गरिरहेका करिब १ सय ५० पत्रकारको उपस्थिति रहने महासचिव किरण मरहठ्ठाले जानकारी दिए ।