डडेल्धुरामा डेंगुका बिरामी भेटिए
डडेल्धुरा : जिल्लाको अमरगढी नगरपालिका ६ दुमडाका एक बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ। गर्मी नलाग्दै डडेल्धुरामा डेंगु देखा पर्न थालेको हो । गत वर्ष जिल्लामा १२ जनामा डेंगु रोग देखा परेको थियो ।
दुमडाका एकजना बिरामी डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको अस्पतालका ल्याब प्रमुख ईश्वरीप्रसाद भुसालले जानकारी दिए।
बिरामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए।केही वर्ष यतादेखि डडेल्धुराका उच्च लेकाली भेगमा पनि लामखुट्टे देखा पर्न थालेका छन्।