दाङमा भव्य स्वागतपछि महराले भने : मेरो जीत नै जनताको जीत हो

दाङमा भव्य स्वागतपछि महराले भने : मेरो जीत नै जनताको जीत हो

दाङ : निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताएका छन्। दाङको लमहीमा सोमबार गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन्।

महराले भने 'मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो।' उनले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए। उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताए। 'नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो', उनले भने, 'त्यसका लागि म सधै लडिरहनेछु।' उनलाई दाङका विभिन्न स्थानमा भव्य स्वागत गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.