त्रासमा दक्षिण कोरिया

त्रासमा दक्षिण कोरिया

डा.राजेशचन्द्र जोशी /दक्षिण कोरिया : चीनबाट संक्रमण सुरु भएको कोरोना भाइरस (कोभिड १९) ले दक्षिण कोरियामा पनि प्रभाव पारेको छ। अहिलेसम्म ११ जनाको ज्यान गएको सञ्चारमाध्यमले जनाएका छन्।

संक्रमण हुने क्रम बढेको छ। ज्यान गुमाउनेको संख्या बढ्दा धेरैमा त्रास छ। रोजगारीका सिलसिलामा यहाँ आएका नेपाली कामदार र अध्ययनका लागि आएका विद्यार्थी पनि अन्यौलमा छन्। स्वदेश फर्किहाल्ने मुड भने देखिएको छैन।

दस वर्षदेखि यहाँका विभिन्न अस्पतालमा कार्यरत छु। कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायका सन्दर्भमा धेरै नेपालीले जिज्ञासा राखिरहनु भएको छ। हरेक साता शनिबार बेलुका ६ बजेदेखि ८ बजेसम्म नेपालीलाई काउन्सिलिङ गर्छौं। काउन्सिलिङको लागि नम्बर दिएका नेपालीलाई आफैं कल गर्छु। मलाई सघाउनका लागि नेपालीको टिम छ। सातजना भाइबहिनीसँग टिम वर्कमा परामर्श दिने काम गरिरहेका छौं। अहिलेसम्म २ सय ७० नेपालीलाई परामर्श दिइसकेको छु।

अहिले कोरियाका विद्यालय बन्द छन्। विद्यालयले बिदा अवधि लम्ब्याएका छन्। बजार बन्द जस्तै छ। डिपार्टमेन्टल स्टोरहरू प्रायः बन्द छन्। रोजगारदाता कम्पनी पनि बन्द छन्।

कामदारलाई दोहोरो तनाव छ। एकातिर संक्रमणको डर छ। अर्कोतर्फ कम्पनी पनि बन्द हुने क्रम बढेको छ।

एक साताअघि आफूले खाद्यपदार्थ किनेर घर लगेको थिए। मेरी पत्नी र छोरी अपार्टमेन्ट बाहिर ननिस्केको एक साता भइसकेको छ। अझै कति दिन कोठामै बस्नु पर्ने हो यकिन छैन। म पनि अस्पतालमै बस्ने योजना बनाएको छु। अनलाइनबाट खाद्य पदार्थ मगाउनु परेको छ।

भाइरसको संक्रमण ४० वर्ष नाघेका व्यक्तिमा बढी भएको पाइएको छ। रोग प्रतिरोधात्मक क्षमता न्यून भएका र दीर्घ रोगीको ज्यान गएको छ। श्वाप्रस्वास जन्य समस्या भएका, दम, फोक्सो, मिर्गौलाका बिरामीलाई रिकभरि हुन गाह्रो हुन्छ। त्यसैले दीर्घ रोग लागेका व्यक्तिहरू सचेत हुन आवश्यक छ। संक्रमितमध्ये २२ जना रिकभरि भइसकेका छन्।

संक्रमितले अस्पतालका शड्ढयाहरू भरिएका छन्। डाक्टर र नर्ससमेत प्रभावित छन्। अन्य सहरबाट डाक्टर झिकाउनु परेको छ। संक्रमणको दर यसरी नै बृद्धि हुने हो भने उपचार गर्ने चिकित्सक र शड्ढया अभाव हुने हो की भन्ने आशंका गर्न थालिएको छ। ठूला ठूला अपार्टमेन्टमा बस्नेहरूमा एक जनालाई संक्रमण भए सबैलाई सर्ने भयमा छन्। सपिङ मल, बैंकमा जान समेत हिचकिचावट हुने गरेको छ। नेपाली स्वदेश फर्किनै पर्छ भन्ने पनि होइन। अहिले यहाँको तापक्रम न्यून छ। चिसो मौसममा कोरोना भाइरसको संक्रमण दर उच्च हुन्छ। तापक्रम उच्च हुने अपेक्षामा छौं। तापक्रम उच्च हुने बित्तिकै संक्रमण दर घट्छ। नेपाली अहिले तत्कालै फर्कने मुडमा देखिनु भएको छैन। पर्ख र हेरौं भन्ने मानसिकता नेपाली दाजुभाइ दिदीबहिनीमा देखिन्छ।

- (दक्षिण कोरियाको खोेङजु म्युनिसिपल जेरियाट्रिक हस्पिटल, फेमिलि मेडिसिन विभाग प्रमुख डा.जोशीसँग अन्नपूर्णकर्मी दिनेश गौतमले भिडियो कलमा गरेको कुराकानीमा आधारित)


कोरियाका नेपालीप्रति सम्वेदनशील हुन माग

सांसदहरूले कोरियामा कोरोना भाइरस तीब्र फैलिएको भन्दै त्यहाँका नेपालीको सुरक्षाप्रति सम्वेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन्। छिमेकी चीनबाट हवाई जहाज चार्टर गरी नेपाली नागरिकलाई फिर्ता ल्याइए पनि कोरियामा सम्भव नभएको भन्दै सांसदहरूले कूटनीतिक माध्यममार्फत आफ्ना नागरिकको सुरक्षामा ध्यान दिन सुझाव दिए।

नेकपाका भीम रावलले कूटनीतिक माध्यममार्फत कोरियामा रहेका नेपालीको सुरक्षा र स्वास्थ्यबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए। कांग्रेसकी पुष्पा भुसालले कोरियामा ठूलो संख्यामा नेपाली रहेको भन्दै उनीहरूको सुरक्षा र स्वास्थ्यबारे गम्भीर बन्न माग गरिन्।

सत्तासीन नेकपाकी सांसद धर्मशीला चापागाईंले कोरियामा रहेका नेपालीले आफ्ना पीडाबारे फोन गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराईन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.