धनगढीमा तीन साहित्यकारको शालिक
धनगढी : धनगढीमा तीनजना साहित्यकारको शालिक स्थापना गरेको छ । सुदूरपश्चिम साहित्य समाजले साहित्यकारको शालिक स्थापना गरेको हो । आदिकवि भानुभक्त आयार्य, नाटककार पहलमानसिंह स्वाँर र मावनतावादी राजा तथा नेपाली व्याकरणका जन्मदाता जयपृथ्वीबहादुर सिंहको शालिक स्थापना गरेको हो । समाजको कार्यलयको प्रांगणमा स्थापना गरिएको शालिक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार अनावरण गरे।
आदिकवी आचार्यको सालिक साहित्य समाजले, नाटककार स्वाँरको शालिक उनको परिवारले र राजा मल्लको शालिक धनगढीका योगेन्द्र शाहीले निर्माण गरेका हुन् । अनावरणपछि मुख्यमन्त्री भट्ट, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी लगायतले शालिकमा माल्यार्पण गरेका थिए ।
साहित्य समाजका अध्यक्ष रामलाल जोशीले साहित्य समाजको प्रांगणमा शालिक बाटिका स्थापना गर्ने योजना रहेको बताए । उनले एक-एक गर्दै साहित्यका प्रख्यात व्यक्तित्वको शालिक स्थापना गर्दै जाने बताए । नेपाली भाषाको उद्गम थलो सुदूरपश्चिमलाई विश्वरंग मञ्चसम्म पुर्याउनका लागि विश्व नेपाली साहित्य महोत्सव आयोजना गरिएको बताए । उनले विश्वमा छरिएर रहेका नेपाली भाषी साहित्यकारलाई नेपालीको उद्गम थलोमा ल्याएर उनीहरुको अनुभव महोत्सवमा साटिने बताए ।
त्यसका लागि एक वर्षदेखि तयारी गरिरहेको बताउँदै तयारी गर्नुपूर्व नेपालका १२ र भारतका १२ स्थानमा सुदूरपश्चिम कला साहित्य प्रदर्शन गरिएको अध्यक्ष जोशीले बताए । उनले महोत्सवबाट सुदूरपश्चिमको भाषा साहित्यको सन्देश विश्वभर छरिएर जाने विश्वास लिइएको बताए ।