मौसममा कहिले सुधार आउला ?
काठमाडौं : केही दिनदेखि बदली रहेको मौसम बुधबारबाट सुधार आउने भएको छ। आज रातीदेखि क्रमश सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानांगले जानकारी दिएका छन्।
हाल देशको पूर्वी तथा मध्य भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेकाले मौसम खुल्न नसकेको हो।
आज अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली हुने र मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनका साथै चट्याङ पर्ने संभावना रहेको महाशाखाले जनाएको छ।
यस्तो छ तीन दिनको मौसम
फागुन १४ गते बुधबार
देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदलि रहि मध्य र मश्चिम भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।केही स्थानमा भने मेघ गर्जनसहित वर्षाको संभावना छ।
फागुन १५ गते बिहीबार
देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन १६ गते शुक्रबार
देशको पहाडि भेगमा आंशिक बदली रहि बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ। राती भने पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ।