विश्व साहित्य महोत्सव सुरु
धनगढी : धनगढीमा विश्व साहित्य महोत्सव सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट महोत्सवको उद्घाटन गरिएको हो । महोत्सव उद्घाटन पूर्व विभिन्न सांस्कृतिक झाँकी समेत निकालिएको थियो । सुदूरपश्चिम साहित्य समाजको आयोजनमा धनगढीको पुरानो एयरपोर्टस्थित खुला मञ्चामा महोत्सव भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रवद्र्धन रहेको महोत्सवमा प्रदेशका प्रदेश प्रमुख सर्मीलाकुमारी पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख, उपसभामुख, मन्त्री, सांसद् तथा साहित्यकारको बाक्लो उपस्थित रहेको छ ।
महोत्सवमा भाग लिन विभिन्न क्षेत्रबाट नेपाली भाषी साहित्यकार धनगढी आएका छन् । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार दार्जिलिङ, सिलुगुढी, आसाम, मेघालय, सिक्किमलगायतका ठाउँबाट साहित्यकार आएका छन् ।
होत्सव अवधिभर विभिन्न साहित्यकार तथा आख्यानकारको संवाद, कार्यपत्र प्रस्तुति, टिप्पणी, अनुभव सेयरिङ र प्रदेशका विभिन्न जातजाति र जिल्लाको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुति हुने आयोजकले जनाएको छ । सम्मेलनमा करिब डेढ सय जना साहित्यसकारको संवाद तथा प्रस्तुति रहने छ।
फागुन २० गतेसम्म संचालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयमा सत्र सञ्चालन हुनेछन् ।