सीमा फिर्ता माग्दै रिले अनशन

सीमा फिर्ता माग्दै रिले अनशन

बैतडी : लिपुलेक, लिम्पियाधुरा र कालापानीमा मिचिएको सीमा फिर्ताको माग गर्दै बैतडीका एक युवाले रिले अनशन सुरु गरेका छन् । दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका चन्द्रदेब जोशी ३ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि अनशन बसेका हुन् । 

नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्नुपर्ने, अरु देशसँग सिमाना जोडिएका सबै ठाउँमा नेपाली सेना राख्नुपर्ने र सीमा विवादका विषयमा दुई देशका सरकार प्रमुखबीच छलफल भइ निष्कर्षमा पुग्नुपर्ने लगायतका मागहरू राखेर अनसन सुरु गरेको जोसीले बताए । 

‘हामी वीर गोर्खालीका सन्तान हौं । तर हाम्रो सीमा मिचिँदा सरकारले टुलुटुलु हेरेर बसिरहेको छ । सरकारलाई दबाब दिनका लागि अनशन सुरु गरेको हुँ । राष्ट्रप्रतिको प्रेम दर्शाउन सबैले आ-आफ्नो ठाउँबाट सरकारलाई दबाब दिनुपर्छ ’, उनले भने, ‘जोर गते जोर घण्टा र बिजोर गते बिजोर घण्टा अनशन बस्नेछु ।’

जोशीले ३ दिन बैतडीमा अनशन बस्ने र त्यसपछि दार्चुला, कैलाली हुँदै काठमाण्डौँ जिल्ला प्रशासन अगाडिसमेत अनशन बस्ने बताए । उनले भने, ‘मिचिएको सीमा फिर्ताका लागि संघीय सरकारको ध्यानाकर्षण गर्न काठमाडौं पुगेर पनि अनशन बस्नेछु । सरकारले सीमा रक्षाका लागि पहल चालोस् भन्ने मेरो माग हो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.