एनआरएनएले ‘मेरो गाउँ, मेरो ठाउँ’लाई अन्तर्राष्ट्रियकरण गर्ने

एनआरएनएले ‘मेरो गाउँ, मेरो ठाउँ’लाई अन्तर्राष्ट्रियकरण गर्ने

नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजित ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रियकरण गर्ने भएको छ। अब विजेता भिडियोले अन्तराष्ट्रिय डबलीमा प्रदर्शनको अवसर पाउनेछन्। 

एनआरएनए र भिडियो च्यालेन्ज आयोजक वि विल राइज फाउन्डेसनबीच सहकार्यसम्बन्धी सम्झौता भएको हो। ‘यो सम्झौताले ओझेलमा परेका तर प्रचुर पर्यटकीय सम्भावना बोकेका हाम्रा गाउँठाउँलाई विश्वव्यापी रूपमा चिनाउन तथा दीर्घकालीन रूपमा त्यहाँको सामाजिक–आर्थिक उन्नतिमा टेवा पुर्‍याउन अहम भूमिका निर्वाह गर्नेछ’, संघका उपाध्यक्ष एवम् व्यापार, उद्योग तथा नेपाल प्रवद्र्धन विभागका प्रमुख अर्जुन श्रेष्ठले भने। 

राष्ट्रको अर्थतन्त्रको बलियो मेरुदण्डमध्ये एक पर्यटन हो। प्रभावकारी पर्यटनका निम्ति पूर्वाधार विकास नै पहिलो मापदण्ड हो तर पूर्वाधार विकास गर्न पनि पहिले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएका गाउँठाउँको पहिचान गर्नु महत्वपूर्ण हुन्छ। 

‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज त्यस्ता गाउँठाउँ, त्यहाँको विशेषता र अवस्था पहिचान गर्ने अभियान हो। एनआरएनएको सहकार्यले यस अभियानलाई राष्ट्रिय स्तरबाट उत्थान गरी अन्तर्राष्ट्रियकरण गर्नेछ’, वि विल राइजका संस्थापक निर्देशक तथा अभियान संयोजक निर्मल श्रेष्ठले भने। 

एनआरएनएको व्यापार, उद्योग र नेपाल प्रवद्र्धन विभागको उद्देश्यलाई भिडियो च्यालेन्जले अझ थप उजागर गर्ने हुँदा सहकार्य गरेको विभागका सदस्य सचिव तथा एनआरएनएसदस्य रमेश काफ्लेले प्रस्ट पारे। 

सम्झौता समारोहमा फाउन्डेसनका परिचालन निर्देशक तथा नाडाका सचिव अनुप बराल, सदस्यहरू राष्ट्रिय फुटबल टिमका प्रशिक्षक तथा पूर्वकप्तान राजु काजी शाक्य र आरोहीद्वय रोजिता बुद्धाचार्य र फुर्वा तेन्जिङ शेर्पा तथा एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी डा. हेमन्त दवाडी, एनआरएनए–हङकङका अध्यक्ष राधिका गुरुङ तथा महासचिव गोकर्ण ढकाल पनि सहभागी थिए। 

गतवर्ष आयोजित यसै प्रतियोगितामा सातै प्रदेशबाट१ सय ३२ भिडियो प्राप्त भएका थिए। यसपालि गण्डकी प्रदेश रएनआरएनएले अभियानमासहकार्य गर्दैछन्।

अधिकतम ५ मिनेटसम्मका भिडियोबीच प्रतियोगिता हुनेछ। त्यसका लागि गत डिसेम्बर १ देखि मार्च ९ सम्म समय तोकिएको छ। छनौटमा परेका १० उत्कृष्ट भिडियोलाई अप्रिलमा बृहत कार्यक्रम गरी पुरस्कृत गर्ने फाउन्डेसनले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.