मौलिकता गुमाउँदै सम्पदा क्षेत्र

मौलिकता गुमाउँदै सम्पदा क्षेत्र

काठमाडौं : ०७२ को भुकम्पले अधिकांश सम्पदा क्षेत्रका मठमन्दिर भत्किए । उपत्यकाभित्र पाटन, भक्तपुर र हनुमानढोका दरबार क्षेत्रमा बढी क्षति पुग्यो । अहिले एतिहासिक सम्पदालाई जिर्णोद्धार गर्न पुननिर्माणको काम तीव्र गतिमा भइरहेछ । धेरै जसो सम्पदा दात्री निकायको सहयोगमा पुननिर्माण हुँदैछन् । अनुदानको भरमा सम्पदा पुननिर्माण गर्दा स्थानीयले प्रत्यक्ष सहभागीता हुने मौका पाएका छैनन् भने यी सम्पदाको मौलिक पहिचानमा समेत ह्रास आउने खतरा बढेको छ ।

बसन्तपुर दरबार परिसर पर्यटकको अत्यधिक चहलपहल हुने सम्पदा क्षेत्र हो । कुमारी घर, गद्दि बैठक, नौतल्ले दरबार, काष्ठमण्डप लगायत पचास भन्दा बढी मठमन्दिर, नासल चोक तथा बहाल हनुमानढोका दरबार क्षेत्रमा छन् ।

हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मीका अनुसार ०७२ को भुकम्पमा यस क्षेत्रका ६८ धरोहरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ । ‘पुरै भत्किएको ८ मन्दिर छन्, नकर्मीले भनिन्, ‘ठूला संरचनाहरु बजेट अभावमा दात्री राष्ट्रको सहयोगमा बनिरहेछ ।’ भत्किएका मध्य केही महत्वपूर्ण धरोहर केभिपिटी, जाइका, संयुक्त राष्ट्र अमेरिका, चीन जस्ता राष्ट्रहरुको सहयोगमा पुननिर्माण हुँदै गरेको उनले बताइन् ।

विश्व सम्पदा सूचीमा रहेको यो क्षेत्रले मल्लकालीन सभ्यताको झल्को दिन्छ । अधिकांश मठमन्दिर मां आपाः (चार कुने इटा), बुट्टेदार काठ र चुकुल शैलीमा बनेका छन् । यहि प्राचीन प्रविधीको प्रयोग गरेर काष्ठमण्ड बन्दै छ । तर अन्य धरोहरमा पेचकस प्रविधी अपनाइएको छ । केभिपिटीले निर्माण गरेका सम्पदामा यही नयाँ प्रविधी अपनाइएको छ । जुन मठमन्दिरको संरचनामा उपयुक्त छैनन् ।

भुइचालो भन्दा अगाडी बसन्तपुरको मुखडामा रहेको लक्ष्मी नारायण मन्दिरको पुननिर्माण अन्तिम चरणमा थियो । केभिपिटीले नयाँ प्रविधीको प्रयोग गरी यसको पुननिर्माण गरेको थियो तर भुकम्पमा परी भत्कियो । यो मन्दिर अझै ठड्याउन सकिएको छैन । हाल केभिपिटीले नै कागेश्वर मन्दिर बनाइ रहेको छ ।

चाइनाले बनाइ रहेको नौं तल्ले दरबारले पनि प्राचीन मुल्य मान्यतालाई स्थापित गर्न सकेको छैन । पुरातत्वविद् काइ वाइजे भन्छन्, ‘सम्पदा पुननिर्माणमा स्थानीयको सहभागीता महत्वपूर्ण हुन्छ । दात्री निकायले त्यसको स्वामित्व लिँदा मौलिकतामा स्वत ह्रास आउँछ ।’

पुननिर्माणमा भइरहेको लापर्वाहि सम्पदा क्षेत्रको मौलिक पहिचान गुम्नुको अर्को कारण बनेको छ । केही समय अगाडी तलेजु भवानीको मन्दिर परिसरमा सिमेन्ट कङ्क्रटले पर्खाल लगाइयो । जुन विश्व सम्पदाको मापदण्ड विपरित छ । ‘न्युरोड संगै इतिहास बोकेको जुद्ध वारुण यन्त्रको भवन छ । काठमाडौं महानगरपालिका यसलाई भत्काएर नयाँ संरचना बनाउने तयारीमा छ,’ काइ वाइजे भन्छन्, मौलिक स्वरुपलाई यथावत राख्न नसके विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार क्षेत्र खतरामा पर्न सक्छ ।’

अनुदानमा निर्माण भएका सम्पदा

०७२ को भुकम्प पछि भत्किएकासम्पदा अनुदानको रकमबाट पुननिर्माण हुँदै छन् । पुरातत्व विभाग, राष्ट्रिय पुन निर्माण प्राधिकरण लगायत विदेशी तथा स्वदेशी थुप्रै संघसस्थाहरुको सहयोगमा सम्पदा पुननिर्माण भइरहेको छ ।

विशेषगरी काठमाडौं उपत्यकाभित्र रहेका विश्वसम्पदा सूचीमा सुचिकृत अधिकांश सम्पदा क्षेत्रका मठमन्दिर अनुदानमा पुननिर्माण भइरहेछन् । प्राचीन स्वरुपलाई यथावत राखि पुन निर्माण र संरक्षण गर्नु पर्ने भएपछि बजेट अभाव हुन नदिन सरकारले अनुदान रकमलाई प्राथमिकता दिएको पुरातत्व विभागले जनाएको छ ।

भुकम्पबाट उपत्यका लगायत देशभरका ३१ जिल्लाका ९ सय २० सम्पदामा क्षति पुगेको थियो । ५ अर्ब भारतीय अनुदानमा मात्रै २८ सम्पदा पुननिर्माण हुँदै छन् । सिन्धुपाल्चोक, धादिङ नुवाकोट, रसुवा, सोलुखुम्बु, काठमाडौं, ललितपुर र भक्तपुरका गुम्बा, विहार र मन्दिर सहित २८ वटा सम्पदा भारतीय अनुदानमा बन्ने भएको हो ।

थापाथलीदेखि टेकु दोभानमा पर्ने २० वटा सम्पदा एडिविको सहयोगमा बन्दै छ । यी सम्पदा पुननिर्माणकालागि एडिविले ६ करोड अमेरीकी डलर लगानी गरेको हो । हनुमानढोका दरबार क्षेत्रमा रहेको नौं तल्ले दरबार र नुवाकोट दरबारको लागि चीन सरकारले पञ्चान्नब्बे लाख यूआन अनुदान सहयोग गरेको छ । हनुमानढोका दरबार परिसरकै आमगछें र पाटन दरबार परिसरको देगुतलेजु जापान सरकारले बनाउँदै छ । श्रीलंकन सरकारले बुंगमतीस्थित रातो मच्छिन्द्रनाथ र स्वयंभुस्थित आनन्दकुटी विहार निर्माणमा सहयोग गरेको छ ।

यूनेस्कोले दुई सम्पदामा हात हालेको छ भने केभिपीटीले पाटन र हनुमानढोका दरबार क्षेत्रका १५ सम्पदा पुननिर्माणमा सहयोग गरेको छ । जसमा १४ सम्पदा बनिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.