सिपी मैनाली चढेको कार दुर्घटना

सिपी मैनाली चढेको कार दुर्घटना

बर्दिबास : पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनाली चढेको कार दुर्घटना भएको छ । बिहीबार दिउँसो महोतरीको बर्दीबास नगरपालिका वडा नं ३ कालापानीमा सिपी मैनाली र उनका परिवार सवार कार दुर्घटना भएको हो ।

झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यान एकआपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यल बर्दीबासका डिएसपी राजन चापागाइँले जानकारी दिए । कारमा मैनालीका छोरा बुहारी तथा नाती पनि थिए । 

कारमा सिपी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पिएन् मैनाली र कार चालक रामप्रसाद पौड्याल थिए ।  सिपी मैनालीको खुट्टा भाँचिएको, निधार र अनुहारमा चोट लागेको छ । बुहारी पूजाको दुबै खुट्टा भाँचिएको र अरु सामान्य घाइते भएको प्रहरी जनाएको छ ।

अहिले उनीहरूलाई बर्दिबास जनसेवा हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी हस्पिटल ल्याउने तयारी भइरहेको डिएसपी चापागाइँ जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.