मैनालीलाई उपचारका लागि काठमाडौं लगियो

मैनालीलाई उपचारका लागि काठमाडौं लगियो

बर्दिबास : दुर्घटनामा घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। भतिजीको विवाह सकेर झापाबाट छोरा, बुहारीसहित उनी काठमाडौं फर्किने क्रममा महोत्तरीको बर्दिबासस्थित कालपानीमा दुर्घटनामा परेका थिए।

दुर्घटनामा घाइते भएका नेता मैनालीका छोरा सरोज, बुहारी पूजा र रामप्रसाद पौडेललाई पनि सोही हेलिकोप्टरबाट  काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय बर्दिबास डीएसपी राजन चापागाईले जानकारी दिए।

झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई विपरित दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्‍कर दिँदा दुर्घटना भएको हो।  

कारमा सिपी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पिएन् मैनाली र कार चालक रामप्रसाद पौड्याल थिए।  सिपी मैनालीको शरीरमा गहिरो चोट लागेको छ।
 
बुहारी पूजाको दुबै खुट्टा भाँचिएको छ । कार चालकको टाउको अनुहारमा चोट लागेको छ ।बर्दिबास जनसेवा हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौस्थित ग्राण्डी हस्पिटल रिफर गरिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.