उत्कृष्ट फोटो प्रदर्शनी सुरु

उत्कृष्ट फोटो प्रदर्शनी सुरु

काठमाडौं : फोटो पत्रकार क्लब (पीजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्बिरको प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

फोटो प्रदर्शनीको उद्घाटन बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे। प्रदर्शनी फागुन १५ गतेदेखि २० गतेसम्म चल्नेछ। फोटो प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा छानिएका सात विधाका उत्कृष्ट १ सय ७५ फोटो राखिएको पीजे क्लब नेपालका प्रवक्ता दिपेश श्रेष्ठले जानकारी दिए।

प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले यस्ता प्रतियोगिता र प्रदर्शनीले पुस्तौंसम्म इतिहासको अभिलेख सुरक्षित राख्ने बताए। अत्याधुनिक प्रविधिको विकासले यतिबेला मानिसको पढ्ने बानी घट्दै गएको समयमा घण्टौं लामो व्याख्या गर्नु वा लेख्नुको साटो त्यसभन्दा बढी नै बयान गर्ने सशक्त माध्यम फोटो भएको उनको भनाइ थियो। उनले फोटोलाई जीवन निर्वाह गर्नसक्ने माध्यमका रुपमा विकास गर्नेतर्फ प्रयास गर्न पीजे क्लबलाई सुझाव दिँदै त्यसका लागि आफूले सक्दो सघाउने वचनसमेत दिए। उनले प्रदर्शनीको सफलता र नेपाली फोटो पत्रकारलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहभागी हुन आग्रह गर्दै विदेशमा पनि यस्ता प्रतियोगितामा जित्ने अपेक्षा व्यक्त गरे।

आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले दैनिक, सामाजिक जीवनमा फोटो अपरिहार्य बनेको उल्लेख गर्दै आईएमई ग्रुपले फोटो पत्रकारलाई प्रोत्साहित गर्न पीजे क्लबसँग सहकार्य गर्दै आएको र भविष्यमा पनि सहकार्य गरिरहने प्रतिबद्धता दोहोर्‍याए।

सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले प्रदर्शनीमा उत्कृष्ट फोटोहरु राखिएको बताए। ‘यस्ता फोटोले अन्तराष्ट्रिय जगतमा नेपालको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन्,’ उनले भने। नेपालबाहिर पनि यस्ता प्रदर्शनी गर्न सिटी एक्सप्रेसले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक एलबी बानियाँले यस्ता प्रदर्शनीले नेपालका बारेमा बयान गर्ने भएकाले बोर्डले यस्ता किसिमका कार्यक्रममा हातेमालो गर्दै आएको बताए। ‘हामीले नेपालको प्रवद्र्धन गर्ने फोटोहरुलाई मात्र नभएर फोटोग्राफरहरुलाई पनि फोटोसँगै प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने।

पिजे क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति विकास कार्कीले फोटो प्रतियोगिता र प्रदर्शनीमा सहकार्य गर्ने सबै प्रायोजक सबै संघसंस्था र कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिप्रति आभार व्यक्त गरे। उनले नेपाली फोटो पत्रकारले अब आफूले खिचेका फोटो विक्रीका लागि दुई वटा प्लेटफर्म उपलब्ध रहेको जानकारी दिए। ती दुई प्लेटफर्ममध्ये एउटा नेपाल पर्यटन बोर्डको फोटोनेपाल डटट्राभल र अर्को नेप्टोसको नेप्टोस डटआईओ भएको जानकारी दिए।

उनले फोटो पत्रकारले सुखद मात्र नभएर दुर्घटना, मृत्युजस्ता दुःखद घटनालगायत सबैखाले गतिविधिको फोटो खिच्नुपर्ने भएकाले सर्सति हेर्दा फोटो पत्रकार मानवीय संवेदनारहीत र निर्दयी रहेको गलत बुझाइलाई फोटो अफ द इयर उपाधि जितेका नभेष चित्रकारले पुरस्कारको रकम हाइड्रोसेफालुसबाट निधन भएका बाराका बजरंगी मि श्रको परिवारलाई प्रदान गरेर चिरेको बताए। उनले यसका लागि नभेषलाई हार्दिक धन्यवादसमेत दिए।

फोटो अफ दि इयर विजेता नभेष चित्रकारले पुरस्कारबापत पाएको १ लाख १० हजार ५ सय रुपैयाँ (फोटो अफ दि इयर र फोटो स्टोरी विधाको प्रथम पुरस्कार बापतको रकम) प्रमुख अतिथि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना तथा आईएमई ग्रुपका प्रवन्ध निर्देशक ढकाल र अन्य अतिथिको समुपस्थितिमा फूलकुमारी मिश्रलाइ हस्तान्तरण गरे। फूलकुमारी नभेष चित्रकारले खिचेको तस्बिरमा देखिएका हाइड्रोसेफालुसबाट अकालमै मृत्युवरण गरेका रौतहट बरियारपुरका दुई वर्षिय बालक बजरंगीकी आमा हुन्।

नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफरका गरि जम्मा ६ हजार २ सय २५ फोटोबीच प्रतिस्पर्धा भएको थियो।

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार विकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवं क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेको निर्णायक मण्डलले विजेतासहित उत्कृष्ट १ सय ७५ फोटो छनोट गरेको थियो।

आर्ट काउन्सिलमा प्रदर्शनी गरिएका फोटोहरुकोे प्रदर्शनी नेपाल फोटो यात्रा अन्तर्गत ६ प्रमुख सहरमा समेत गरिनेछ।

प्रतियोगिता तथा प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको सहकार्य, आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको छ। यसैगरी अर्घाखाँची सिमेन्ट, सेल पे, शिखर इन्स्योरेन्स, नेप्टोस, डिसहोम र सिटी एक्सप्रेसले विधागत प्रायोजन गरेका छन् भने एडभेन्चर स्पोर्टस, किङ्स कलेज, भायनेटले सहयोगीको भूमिका निर्वाह गरेका छन्। यस्तै प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा होटल रोयल सिंगी, मेडिकल पार्टनरमा स्टार हस्पिटल, फोटो प्रिन्ट पार्टनरमा फोटो हलिउड र न्युज पार्टनरमा न्युज एजेन्सी नेपाल रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.