चीनबाट सीधै ल्याउँदा सस्तो

चीनबाट सीधै ल्याउँदा सस्तो

काठमाडौं : चीनबाट नेपाल आयात गरिने सामान कोलकात्ताभन्दा चीनबाट सोझै ल्याउन छिटो हुने सरकारी अध्ययनले देखाएको छ। चीनबाट सोझै आयात गर्दा कोलकात्ताको तुलनामा १६ दिन छिटो हुने अध्ययनको निष्कर्ष छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका प्रतिनिधि र पारवहन विज्ञ आरबी रौनियारको संलग्तामा गठित समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनअनुसार चीनबाट सोझै सामान आयात गर्दा १२ दिन मात्रै लाग्छ।

चीनबाट नेपालमा गरिने आयातको ठूलो हिस्सा कोलकत्तामार्फत हुने गरेको छ। ग्वान्जाओबाट कोलकात्ता हुँदै सामान आयात गर्दा २८ दिन लाग्छ। हालसम्मको छिटोछरितो आयातका लागि भिसाखापटन उपयोगी मानिएको छ। यताबाट आयात गर्दा जम्मा १७ देखि १९ दिनसम्म मात्रै लाग्ने गरेको छ।

चिनियाँ सामान ल्याउँदा सस्तो

पछिल्लो तथ्यांक हेर्ने हो भने तीन सय वटा कन्टेनर मात्रै ग्वान्जाओ–लान्जाओ हुँदै केरुङ ल्याएको पाइएको छ। चीनबाट लोड भएको कार्गाे समेत ग्वान्जाओको साटो तियान्जेन पोर्ट हुँदै नेपाल ल्याउने हो भने ढुवानी लागत र समय समेत बचत हुने समितिका एक सदस्यले जानकारी दिए।

चीनले दक्षिण एसिया अन्तर्राष्ट्रिय ट्रेन प्यासेजका रूपमा सिगात्से–रसुवालाई राखेको छ। सिगात्सेबाट केरुङ हुँदै नेपाली सीमासम्म रेलसेवा विस्तारको काम सन् २०२२ सम्म सम्पन्न गर्ने अनुमान छ। लान्जाओमा ६ वटा रेलवे १८ वटा मुलुकसँग जोडिसकेको छ। चीन ओरिजिन कार्गाेको लान्जाओ सुक्खा बन्दरगाह हुँदै नेपाल आउने कन्टेनरको संख्या ३ सय छ। त्यसरी सामान ल्याउँदा सस्तो र ल्याउन छिटो हुने गरेको पाइएको छ।

तियान्जेनदेखि लाञ्जाओसम्म १६ सय किलोमिटरमा ढुवानीको माध्यम रेल हो। तियान्जेनदेखि लान्जाओसम्मको भाडा प्रतिकन्टेनर सात हजार आरएमबी पर्छ। सेन्जेनदेखि लान्जाओको भाडादर हेर्ने हो भने ११ हजार आरएमबी रहेको छ।

तियान्जेनदेखि ल्हासा ३९ सय किलोमिटरको दूरी रेलबाट पार गर्न सकिन्छ। समग्रमा ग्वान्जाओको तुलनामा तियान्जेन सस्तोपर्ने देखिन्छ। तियान्जेनदेखि लान्जाओबाट सिगात्से हुँदै रसुवागढीसम्मको लागत प्रतिकन्टेनर १० हजार ३ सय आरएमबी पर्छ। तर ग्वान्जाओबाट ल्याउने हो भने यो भाडा १४ हजार ३ सय आरएमबी पर्ने देखिन्छ।

चीनबाट सोझै आयात गर्दा कोलकात्ताको तुलनामा १६ दिन छिटो हुने अध्ययनको निष्कर्ष छ।

चीनमार्फत तेस्रो मुलुकबाट सामान ल्याउन दुवै सरकारले बाटो खुला गरे पनि हालसम्म यसको प्रयोग भइरहेको छैन। कोलकात्तामा अभ्यस्त भइसकेका व्यवसायीलाई चीनको नाका प्रयोगमा ल्याउन चासो नदिएको पाइएको छ। यस्तोमा निजी क्षेत्रलाई चीनतर्फको आकर्षण बढाउन सुरुवातमा बढी लागत सरकारले बेहोर्ने गरी ल्याउन सक्ने व्यवस्था गर्न समितिले सुझाव दिएको छ।

विश्व १० उत्कृष्ट पोर्ट मध्येको एक पोर्टको ५ सय वटा पोर्टसँग सम्बन्ध छ। १५० वटा मुलुकसँग सिपिङ लाइनको सम्बन्ध रहेको यो पोर्टमार्फत दुई लाख २५ हजार टनको कन्टेनर आवताजावत हुने गरेको छ। भारतको हल्दियामा ६ हजार कन्टेनर मात्रै अटाउँछ भने यो पोर्टमा २३ हजार कन्टेनर रहन सक्छ।

केरुङ–काठमाडौं र तातोपानी–काठमाडौं सडक निर्माण तथा मर्मत सुधारलाई लिएर चिनियाँ अधिकारीले चासो दिँदै आएका छन्। तर नेपालको तर्फबाट यहाँको पूर्वाधार विकासमा ठोस काम हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.