धनगढीमा विकास सम्मेलन

धनगढीमा विकास सम्मेलन

धनगढी : धनगढी सहर व्यवस्थित गर्न विकास सम्मेलन आयोजना हुने भएको छ। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले पहिलोपटक विकास सम्मेलन गर्न लागेको हो। धनगढीमा आइतबार हुने सम्मेलनको तयारी पूरा भएको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले जानकारी दिए।

प्रदेशको अस्थायी मुकाम धनगढीमा बस्ती थपिँदै गए पनि अव्यवस्थित बसोबासले सहर कुरुप बन्दै गएको छ। विकास सम्मेलनले धनगढीको विकासका लागि दिशानिर्देश गरी योजनाबद्ध विकासमा सहयोग पुग्ने मेयर वडले विश्वास व्यक्त गरेका छन्। सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य परियोजना प्रस्तुत हुने मेयर वडले जानकारी दिए। ‘उपमहानरमा भएका सम्भावना र चुनौतीमा केन्द्रित रहेर सम्मेलनमा घनिभूत छलफल हुनेछ’, मेयर वडले भने। ‘यसले गर्दा नगर विकास गर्नमा थप टेवा पुग्नेछ।’ सम्मेलनमा करिब डेढ सय प्रतिनिधिको सहभागिता रहनेछ।

सम्मेलनमा नगरबासीले भोग्नु परेका दैनिक समस्या सम्बोधन गर्न धनगढीलाई बस्नयोग्य दिगो सहरका रूपमा रूपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरिने छ। उपमहानगरको २२ लाख लगानीमा हुन लागेको सम्मेलनमा विकासका साझेदार संस्थाले आफ्नो रणनीति तथा योजना प्रस्तुत गर्नेछन्।

विकासका लागि नागरिकसँग विकासका परियोजनाका लागि खुला आह्वान गरी उत्कृष्ट तीन जनालाई पुरस्कृत गरिनेछ। नगरको विकासका लागि ज्ञान र स्रोत बढाउन विकास साझेदारको दायरा फराकिलो बनाइनेलगायत विषयवस्तु सम्मेलनमा प्रस्तुत हुनेछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.