मनमोहनले सम्झिए ज्ञानेन्द्रलाई पठाएको पत्र

मनमोहनले सम्झिए ज्ञानेन्द्रलाई पठाएको पत्र

नयाँ दिल्ली : भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले नेपालको पछिल्लो लोकतान्त्रिक संघर्षका क्रममा राजनीतिक गतिरोध अन्त्यका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझावपत्र पठाएको स्मरण गरेका छन्।

नेपालमा राजनीतिक गतिरोध खुलाउन सघाउन अनुरोधपत्र पठाइएको जानकारी पूर्वप्रधानमन्त्री सिंहले नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा गराएका हुन्। सिंहले दुई कार्यकाल प्रधानमन्त्री हुँदा पनि नेपाल भ्रमण भने गरेनन्।

पूर्वप्रधानमन्त्री सिंह र राजदूत आचार्यबीच नयाँ दिल्लीको भारतीय अन्तर्राष्ट्रिय केन्द्रमा आयोजित एक कार्यक्रममा भेट भएको थियो। ‘राजनीति पुरानो समयअनुरूप चल्दैन भन्ने सुझावसहित पूर्वराजा शाहलाई लेखेको पत्र उहाँले स्मरण गर्नुभयो,’ राजदूत आचार्यले अन्नपूर्णसँग भने, ‘उहाँसँग कार्यक्रममा अनौपचारिक गफ पनि भए।’ उतिबेला भारतले उक्त सन्देश कांग्रेस वरिष्ठ नेता डा. करण सिंहलाई विशेष दूत बनाएर नेपाल पठएको थियो। विशेष दूत सिंहले राजनीतिक दलका शीर्ष नेता र तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग छुट्टाछुट्टै भेट गरेका थिए।

नेपालमा राजतन्त्रवादीहरूले भारतले नेपाललाई धोका दिएको आरोप लगाउँदै आएका छन्। बाह्रबुँदे सम्झौतापछि पूर्वराजा शाहसँग भारतले गरेको वचनबद्धता भंग गरेको गुनासो पनि राजावादीहरुको छ। तर भारतीय नेतृत्वले यसको खण्डन गर्दै आएको छ।

‘नेपालमा शिख विरासत’ (शिख हेरिटेज इन नेपाल) पुस्तक समीक्षा कार्यक्रममा पूर्वप्रधानमन्त्री सिंह विशेष अतिथि तथा राजदूत आचार्यले प्यानलिस्टका रूपमा सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.