असुरक्षित बन्दै साना सवारी

असुरक्षित बन्दै साना सवारी

धादिङ : घटना एक

गत फागुन १ गते साँझ पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ चाम्वासमा बससँग जुधेर स्कुटरमा सवार नायिका महिमा सिलवालकी दिदीबहिनीकै मृत्यु भयो। चितवनमा बहिनीको इन्जेगमेन्टका लागि हिँडेका दिदीबहीनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा स्कुटरमा रहेका दुवैको मृत्यु भएको थियो।

घटना दुई

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै गत फागुन २ गते बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो। काठमाडौँतर्फ जाँदै गरेको बीआर ०६ जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सोलुखुम्बु, मुक्ली नगरपालिका–१ का प्रकाश बस्नेतको घटनास्थलमा मृत्यु भएको थियो भने स्कुटरमा पछाडी सवार एकजना घाइते भए।

यी दुई घटना फागुन महिना सुरु भएपछि पृथ्वी राजमार्गमा भएका साना सवारीसाधन दुर्घटनाका प्रतिनिधिमात्र हुन्। पछिल्लो समय राजमार्गमा चल्ने साधनहरू जीप, कार, माइक्रो, भ्यान, मोटरसाइकल स्कुटरलगायत साना सवारी दुर्घटनामा बढ्दो छ। साना सवारीको यात्रा निकै असुरक्षित हुन थालेको छ। राजमार्गमा सवारी साधनहरूको आवागमन दिनानुदिन बढ्दै गएकाले पनि साना सवारी दुर्घटनाको जोखिम बढेको प्रहरीको भनाइ छ।

पछिल्लो ७ महिनामा (गत साउनदेखि माघ मसान्तसम्म) धादिङ भएका ८७ दुर्घटनामा ४२ जनाले ज्यान गुमाए। ८७ वटा दुर्घटनामध्ये ६६ वटा साना सवारी नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको तथ्यांकमा उल्लेख छ। मृतकमध्ये ३० भन्दा बढी साना सवारी साधनमा यात्रा गरिरहेका यात्रु छन्। गत आर्थिक वर्ष २०७५÷०७६ मा भएका एक सय ३८ सवारी दुर्घटनामा मध्ये ८९ वटा साना सवारी छन्। गत आर्थिक वर्षमा पनि मृत्यु भएका ९३ जना मध्ये ६५ भन्दा बढी मृतक साना सवारीका यात्री रहेको ट्राफिक प्रहरीले जनाएको छ।

अधिकांश दुर्घटना राति एक बजेदेखि बिहान ५ बजेको समयमा हुने गरेका छन्। ठूला सवारीसँग ठोक्किने मोटरसाइकल, माइक्रोबस, कखुरा बोक्ने जीप धेरै छन्। चार वर्षको तथ्यांक हेर्दा दुर्घटनामा मृत्यु हुने ४ सय ८१ जनामध्ये ३ सय ५४ जना कार, भ्यान, मोटरसाइकल र माइक्रो बसकै यात्रु छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी निरीक्षक नेत्र भट्टकाअनुसार साना सवारी साधन बढी दुर्घटनामा पर्नुको कारण चालकको लापरबाही, तीव्र गति र गलत ठाउँमा ओभरटेक गुर्न ने हो। यसबाहेक साना सवारी साधन माधक पदार्थ सेवन गर्ने र बिना हेल्मेट चलाउने गरेका कारण पनि दुर्घटनाको जोखिम बढेको हो। ‘मोटरसाइकल र स्कुटरका अधिकांश दुर्घटनामा पछाडी बस्ने र अगाडि ट्यांकीमा बस्ने बालबालिका बढी मृत्यु भएको र गम्भिर घाइते भएको हामीले पाएका छौं’, भट्टले भने।

पृथ्वीराजमार्गमा अहिले दैनिक १३ हजार सवारी ओहोर–दोहोर गर्छन्। हजारौं सवारीसाधन थपिँदा पनि सडकको गुणस्तर उस्तै छ। १० टन क्षमताका लागि बनाइएको राजमार्गमा ४० टनभन्दा बढी मालबाहक गाडी गुडाउने, दुर्घटनाबाट जोगाउन सडक किनारामा राख्नुपर्ने सुरक्षा उपाय नगर्दा साना सवारी दुर्घटनामा पर्दै आएको प्रहरीको विश्लेषण छ।

साना सवारी दुर्घटना बढ्दै गएर मानवीय क्षति पनि बढ्न थालेपछि ट्राफिक प्रहरीले राजमार्गमा गुड्ने साना सवारी साधनमाथि निगरानी बढाएको छ। ट्राफिक प्रहरीले त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुडेका मोटरसाइकल चालक र त्यसमा सवार यात्रुलाई अनुकुल पर्ने ठाँउमा रोकी राजमार्गमा कसरी हाँक्ने, कस्तो स्थानमा ओभरटेक गर्ने, कतिको गतिमा हाँक्ने, दुर्घटना कस्तो स्थानमा धेरै हुन्छ र दुर्घटनाबाट कसरी बच्ने भन्ने उपायबारे सन्देश दिन थालेको प्रमुख भट्टले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.