लालबन्दीको बागवानी केन्द्रमा आगलागी
मलंगवा : सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको उष्ण प्रदेशीय बागवानी केन्द्रमा शुक्रबार राति आगलागी भएको छ ।
केन्द्रका कार्यालय प्रमुखको कार्यकक्षमा रातिको समयमा आगलागी हुँदा दराज, सोफा, कम्प्युटर, प्रिन्टर, टेलिफोन र तारहरु पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
आगलागीले तालिम हलमा रहेको प्लास्टिकका कुर्सी, झ्यालका पर्दा र कुलिङमा समेत आगलागीबाट समेत क्षति पुगेको छ । आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको बताइएको छ । के कारणले आगलागी भयो भन्ने यकिन भइसकेको छैन ।