विश्वमै दुर्लभ 'लोभीपापी' गरुड भेटियो
जाजरकोट : विश्वमै दुर्लभ मानिएको लोभीपापी गरुड (asian woollyneck) कर्णालीका जाजरकोट र सुर्खेतमा फेला परेका छन् । जाजरकोटको बारेकोट र सुर्खेतको काक्रेविहार क्षेत्रको गोरे खागल भन्नेस्थानमा पाँच जोडी लोभीपापी गरुड भेटिएका हुन् ।
जैविक विविधता तथा विश्वमा दुर्लभ धेरै बन्यजन्तु पंक्षी भएको कर्णाली प्रदेशको राजधानी सुर्खेत र जाजरकोटमा लोभीपापी गरुड फेला पारेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्दबहादुर सिंहले बताए ।
यो दुलर्भ पंक्षीको शरीर कालो रंगको, घाँटीमा भुवादार कपाल, लामो रातो खैरो चुच्चो, सेतो छाती, खुट्टा रातो लामा, सिम ओसिलो भएको ठाउँमा पाइन्छ । समुन्द्र सतह तीस सयदेखि १४ सय मिटर जाजरकोट बारेकोट गाउँ पालिकाको सिमसार ठाउँसम्म देखिएकोछ ।
हाल जाजरकोटको बारेकोट, सुर्खेतको सिम्ता र बाँकेको चिसापानी क्षेत्रमा गुँडसहित गरुड फेला परेको सिंहले बताए । अहिलेसम्म पाँच जोडी गरुड भेटिएको उनले जानकारी दिए।उनले भने,'लोप हुने अवस्थामा पुगेको यो पंक्षी गुँडसहित फेला पर्नु खुसीको कुरा हो ।'
यो अग्ला सिमल र सालको रुखमा बस्ने, गुढ लगाउने गर्दछ। रुख फडानी गर्दा गिद्दलगायत यो पंक्षीलाई असर परेको छ ।अर्को समस्या भनेको बालिमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उनको भनाई छ । मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पंक्षी लोप हुने अवस्थामा पुगेको छ ।
यसले बालिमा हुने किरा फटयांग्रो भ्यागुतो सर्प मुसा खाएर बालीको सुरक्षा गर्ने भएकोले किसानको साथी मानिन्छ ।