नवनियुक्त भारतीय राजदूत क्वात्रा काठमाडौं आइपुगे

नवनियुक्त भारतीय राजदूत क्वात्रा काठमाडौं आइपुगे

काठमाडौं : नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । उनी आफ्नो कार्यभार सम्हाल्न आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।

उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत अजय कुमारलगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष क्वात्राले फागुन २१ मा ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ। सन् १९८८ ब्‍याचका भारतीय विदेश सेवा अधिकृतमा प्रवेश गरेका क्वात्रा नेपालको राजदूत सिफारिस भएका हुन्।

राजदूत क्वात्रा चीन, अमेरिका मात्र होइन राष्ट्रसंघीय मिसनमा समेत काम गरिसकेका छन्।क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।

सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.