बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने

बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ। मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा हुने भएको छ। 

आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरणबारे जानकारी गराएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्रीले आज बिहान ग्रान्डी अस्पतालमा मिर्गौला डायलासिस गराएका थिए। प्रधानमन्त्रीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन्। १२ वर्षअघि मिर्गौला फेल भएपछि पहिलाे पटक प्रत्यारोपण गरिएको थियो।

फागुन ६ गते साँझ प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री मुटुको एन्जीओग्राफी गरिएको थियो । 

प्रधानमन्त्री ओली मिर्गौलाको खराबीका कारण केही समययता नियमित डायलासिस गराउँदै आएका छन्। प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो।  

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस भएको थियो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस हुँदै आएको छ। 

गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो। ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले औषधि सेवन गर्दै आएका छन्।

गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।

प्रधानमन्त्रीको स्वास्थ्यमा पूर्ण सुधारका लागि चिकित्सकले मिर्गौला प्रत्यारोपणको निर्णय लिएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.