'सेक्युरिटी प्रेस प्रकरणमा बास्कोटासहित मतियारलाई कारबाही गर'

'सेक्युरिटी प्रेस प्रकरणमा बास्कोटासहित मतियारलाई कारबाही गर'

काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासहितका मतियारलाई यथाशीघ्र कारवाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान अयोगलगायतका सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

'सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालिन बहालवाला मन्त्री र दलालका बीचमा सत्तरी करोड भन्दा बढी रुपैयाँ कमिसनको नाममा भ्रष्टाचार गर्ने बदनियतबाट बार्गेनिङ्ग भइरहेको श्रव्य सामाग्री प्रचारमा आएपछि सुशासन र समृद्धिको नारा दिइरहेको वर्तमान सरकारको विश्वसनीयता माथि समेत ठूलो प्रश्न चिन्ह खडा भएको' ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीद्धारा जारी विज्ञप्तिमा जनाएको छ।

प्रधानमन्त्रीका अति विश्वास पात्र मन्त्रीबाटै नेपाली जनताको खुनपसिनाको कमाइबाट संकलित राजस्वको ठूलो रकम दलालसँगको मिलि भगतमा भ्रष्टाचार गर्न लागिएको दुष्प्रयासलाई गम्भीर अपराधको रुपमा लिइनुपर्ने उसको विज्ञप्तिमा उल्लेख छ ।

टीआई नेपालले भ्रष्टाचार उद्योग प्रकरणमा संग्लग्न तत्कालिन मन्त्रीसहित अन्य मतियारलाई कुनै पनि शक्ति केन्द्रको दवाव र प्रभावमा नपरी निष्पक्ष तथा निर्भिकता पूर्वक यथाशीघ्र कारबाही प्रक्रिया अगाडि बढाउन अख्तियारको गम्भीर ध्यानकर्षण गराएको छ। 

विज्ञप्तिमा भनिएको छ,' नेपाल सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति अपनाउने घोषणा गरेपछि नेपाली जनतामा केही आशाको संचार भएको थियो । तर लामो समय बित्न नपाउँदै कहिले मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा त कहिले सरकार सरकारका बीचमा हुने खरिद सम्झौताका नाममा एकपछि अर्को हुँदै पटकपटक अनियमितता र भ्रष्टाचारका प्रकरणले वर्तमान सरकारको भनाई र गराईमा सामन्जस्यता नदेखिएको अनुभूति हुन थालेको छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.