माथिल्लो तामाकोसी : बाँध र डिस्यान्डर बेसिन परीक्षण गरिँदै

माथिल्लो तामाकोसी : बाँध र डिस्यान्डर बेसिन परीक्षण गरिँदै

दोलखा : राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण गरिने भएको छ।

आयोजनाको बाँधमा पानी जमाएर तथा डिस्यान्डर बेसिनमा सो पानी पठाई फागुन मसान्तमै परीक्षण गरिने भएको हो। भूकम्प आउनुअघि र पछि गरी १७ इन्च भासिएको बाँधमा ग्राउटिङ प्रविधि अपनाएर मर्मत गरेपछि बाँधको पहिलोपटक परीक्षण गर्न लागिएको हो। ६० मिटर लम्बाइ र २२ मिटर उचाइको बाँध तथा दुई सय मिटर लम्बाइको डिस्यान्डर बेसिन परीक्षण गर्न लागिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए।

अर्को सातासम्म आवश्यक प्राविधिक कार्य सम्पन्न गरी फागुन मसान्तमै बाँधमा पानी जमाएर तथा डिस्यान्डर बेसिनमा सो पानी पठाई परीक्षण गरिने आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए। आयोजनाको कठिनमध्ये मानिएको माथिल्लो तथा तल्लो ठाडो सुरुङमा पेनस्टक जडान गर्ने काम भइरहेको उनको भनाइ छ। फागुन १६ गतेसम्म ३७३ मिटरको तल्लो ठाडो सुरुङमा २३० मिटर तथा ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा १४० मिटर पेनस्टक पाइप जडान सम्पन्न भएको उनले बताए। तल्लो ठाडो सुरुङमा ६१ दशमलव ६६ तथा माथिल्लोमा ४५ दशमलव १६ प्रतिशत पेनस्टक जडान भएको छ। कुल ६८३ मिटरको ठाडो सुरुङमा फागुन १६ गतेसम्म ३७० मिटर पेनस्टक पाइप जडान सम्पन्न भएको छ।

पेनस्टक जडानको क्रम बढ्दै जाँदा जडानको समयावधि कम लाग्ने तथा कंक्रिटिङको काम पनि तुलनात्मक रूपमा सहज हुने हुनाले जडानको गति बढ्दै जाने प्रवक्ता न्यौपानेले विश्वास व्यक्त गरे। अहिलेकै गति कायम रहे वैशाख मसान्तभित्र दुवै ठाडो सुरुङमा पेनस्टक जडान सकिने अनुमान गरिएको छ। ठाडो सुरुङको काम सकिएपछि प्लगिनलगायत काम र अन्य संरचनाको प्राविधिक परीक्षणको काम सम्पन्न गरी असार मसान्तसम्म परीक्षण विद्युत् उत्पादन सुरु गरिने प्रवक्ता न्यौपानेको दाबी छ।

आयोजनाको पावरहाउस, हेडबक्स, प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ। रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेसनको सिभिल संरचनाको काम सम्पन्न गरी केही समयपछि उपकरण जडानको काम हुनेछ। आयोजनाले अहिलेसम्म ४८ अर्ब खर्च भुक्तानी गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.