यस्तो छ तीन दिनको मौसम
काठमाडौं : नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र पश्चिमका पहाडी भू-भागतिर मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाले पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
सोमबार
देशको पुर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पुर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
मंगलबार
देशको पुर्वी तथा मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
बुधबार
देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।