'उधारोमा काम लगाउँछन् जनप्रतिनिधि'

'उधारोमा काम लगाउँछन् जनप्रतिनिधि'

ताप्लेजुङ/तेह्रथुम : फेदाप गाउँपालिका-१ ओयाक्जुङ मेहेलेमा आदिवासी जनजाति भवन २ महिनाअघि नै निर्माण सम्पन्न भइसकेको छ। तर, उपभोक्तासँग कामदारलाई दिने पैसा छैन। गत वर्ष ४ लाखले २० प्रतिशत मात्र काम भएको भवनमा यस वर्ष योजना परेन। गाउँपालिका अध्यक्ष हरि चोङवाङले विविध शीर्षकबाट रकमान्तर गरेर भुक्तानी दिने आश्वासन दिएपछि उपभोक्ताले काम गरे।

‘अध्यक्षले नै काम गर्नुहोस्, दामको सुर्ता नगर्नुस् भनेपछि हामीले काम गर्‍यौं, गत साल पहिलो तलाको पर्खाल मात्र लगाइएको र यस वर्ष ९ लाख ८० हजार रुपैयाँ खर्च भयो,’ समितिका सचिव जितबहादुर लिम्बूले भने, ‘भुक्तानी लिन कार्यालय जाँदा शीर्षक नै नभएको काम गरेकाले पैसा दिन नसकिने भन्दै कर्मचारीले फर्काउँछन्।’

निर्माण सामग्री तथा कामदारको पारि श्रमिक दिन समस्या भएको निर्माण समितिका अध्यक्ष महेन्द्र लिम्बूले बताए। ‘गाउँपालिकाले पैसा दिँदैन’, उनले भने, ‘कामदार र साहुलाई दिने पैसै छैन। यता, पालिका अध्यक्ष चोङवाङ भने हिउँदे अधिवेशनपछि प्राविधिक रिपोर्टका आधारमा रकम भुक्तानी गर्ने बताउँछन्।

ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-६ स्थित उत्तर-दक्षिण ओलाङचुङगोला लोकमार्गबाट लुङथुङतर्फ करिब ६ सय मिटर सडकको ट्र्याक खोलिएको छ। वडाध्यक्ष छ्वाङ शेर्पाले एलाइट कम्पनीको मेसिन प्रयोग गरी सडक खनाएका हुन्। फागुन पहिलो साता खनिएको सडक निर्माणका लागि समिति बनाइएको छैन भने गाउँपालिकाको चालु वर्षको नीति तथा कार्यक्रममा पनि यो याजना समावेश छैन। ‘मेनरोडबाट गाउँतर्फ सडक खनिएको छ तर उपभोक्ता समिति बनाइएको छैन,’ स्थानीय पेम्बाटासी शेर्पाले भने।

स्थानीय सरकार सञ्चालन ऐनमा योजना गाउँसभाले पारित गर्नुपर्ने, काम सुरु गर्नुअघि उपभोक्तालाई भेला गरेर जानकारी गराउनुपर्ने, निर्माण समिति बनाउनुपर्ने साथै प्राविधिक स्टमेट बनाएर मात्रै समितिले काम सुरु गर्नुपर्ने व्यवस्था छ।

यहाँ भने वडाध्यक्ष शेर्पाले आगामी हिउँदे अधिवेशनबाट १० लाख रुपैयाँ अरू शीर्षकबाट रकमान्तर गरेर पैसा दिने गरी पहिल्यै काम गराएका हुन्। यस विषयमा गाउँपालिकालाई जानकारी नभएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले बताए। ‘सडक खनिएकोबारे आधिकारिक रूपमा कुनै जानकारी आएको छैन,’   श्रेष्ठले भने।

तेह्रथुम मेन्छ्यायेम गाउँपालिका-१ स्थित खोरङवा खोला लाभ्री सडक पनि उधारोमा खनिएको छ। चालु १६ लाख मात्र छुट्टिएको र बाँकी विस्तार गर्न रकम अपुग भएपछि पालिका अध्यक्षको निर्देशनमा उधारो सडक खनिएको हो। सडक उपभोक्ता समितिले करिब १२ लाखको उधारो काम गरेको र पछि दिने सर्त राखिए पनि स्रोतको टुंगो लागिनसकेको वडाध्यक्ष शहरमान लिम्बूले बताए।

उधारोमा काम गर्ने परिपाटीले गलत संस्कार बस्ने जिल्ला विकास समिति ताप्लेजुङका पूर्वअधिकृत दुर्गाप्रसाद   श्रेष्ठ बताउँछन्। ‘काम गर्दै गर, पछि बजेट दिउँला भन्नु गलत हो, कानुनी प्रक्रिया पूरा गरेर आएका योजनाको मात्रै कार्यालयले भुक्तानी दिन सक्छ,’ लामो समय योजना शाखामा काम गरेका श्रेष्ठले भने, ‘यसमा काम लगाउने व्यक्ति नै जिम्मेवार हुनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.