थरुहट-थारुवान बन्दले जनजीवन प्रभावित
धनगढी : थरुहट-थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दका कारण कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।बन्दले धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार अत्तरिया भएर पहाडि क्षेत्रतिर जाने कुनै पनि साधन जान सकेको छैन् । बन्दले बजार आशिंक रुपमा सञ्चालमा आएपनि, शिक्षण संस्था, कलकारखाना बन्द छन् ।
सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन फागुन २० र २१ गते आमहड्तालको घोषणा गरेको हो । रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेद्न र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलित छ ।