माया मेट्रो अस्पतालमा सिटिस्क्यान सेवा सुरु

माया मेट्रो अस्पतालमा सिटिस्क्यान सेवा सुरु

धनगढी : धनगढीको माया मेट्रो अस्पतालले सिटिस्क्यान सेवा सुरु गरेको छ ।सिटिस्क्यान सेवाको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्घाटन गरेका हुन् । 

मन्त्री भट्टले प्रविधिको सहिरुपमा प्रयोग गर्न अस्पातललाई आग्रह गरे । स्वास्थ्य क्षेत्र सेवामुलक व्यवसाय भएका कारण सिटिस्क्यान सेवाले धैरैको जीवन जोगाउने विश्वस उनले व्यक्त गरे । ३ करोड लगानीमा सिटिस्क्यान सेवा सञ्चालनमा ल्याइएको हो।

सिटिस्क्यानका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यका साथ उक्त सेवा सुरु गरिएको अस्पताल सञ्चालन समितिका अध्यक्ष धिरेन्द्र साउदले बताए । अस्पतालले ६४ स्लाइसको सिटिस्क्यान मेसिन सञ्‍चालनमा ल्याएको समितिका अध्यक्ष साउदले बताए ।

धनगढी नगरमै सिटिस्क्यान सेवा सञ्चालन भएपछि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको धनगढी उप-महानगरपालिका प्रमुख नृपबहादुर वडले बताए । 'सिटिस्क्यान गर्नका लागि बिरामीले भारतसम्म पुग्नुपर्ने अवस्था थियो,' उनले भने,' अब केही हदसम्म भएपनि त्यसको अन्त्य भएको छ ।'

अस्पतालका रेडियोलोजी डाक्टर अशोक पन्तले उक्त मेसिनले एक्सरे र कम्प्युटरको सहयोगले शरीरका भित्री भागको अध्ययन गर्दछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.