कोरोना भाइरस : भैरहवा विमानस्थलमा गम्भीर लापरवाही

कोरोना भाइरस : भैरहवा विमानस्थलमा गम्भीर लापरवाही

भैरहवा:  विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राखेपनि यहाँको विमानस्थलमा चरम लापरवाही गरिएको छ । यहाँको गौतम बुद्ध विमानस्थल (भैरहवा) बाट दैनिक हजार बढी यात्रु आवतजावत गर्ने गरेपनि स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छैन । जसकाकारण कोरोना संक्रमित मुलुकका पर्यटक र रोजगारबाट फर्किएका नेपालीहरु नागरिक पनि विनास्वाथ्य परीक्षण निर्वाधरुपमा आइरहेका छन् ।

रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा माघ १५ गते ११ सदस्यीय सहित बसेको सुरक्षा निकाय तथा सरोकारवालाको आकस्मिक बैठकले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनका लागि सीमानाका र गौतम बुद्ध विमानस्थलमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) राख्ने निर्णय गरेको थियो ।

जसका लागि विमानस्थलमा 'हेल्थ डेस्क' स्थापना गर्न विमानस्थललाई अनुरोध गर्ने र स्वास्थ्य कार्यालय रुपन्देही तथा युनिर्भसल मेडिकल कलेज आवश्यक जनशक्ति, औषधि उपकरणको व्यवस्था गर्न भनिएको थियो । तर, निर्णय गरिएको ५ हप्ता बितिसक्दा समेत विमानस्थलमा 'हेल्थ डेस्क' राखिएको छैन। यात्रु र सर्वसाधरणको स्वास्थ्यप्रति खेलवाड गरेको पर्यटन व्यवसायी र सरोकारवालाले बताएका छन् ।

कोरोना संक्रमण देखिएका मुलुकका पर्यटक पनि यस विमानस्थलको प्रयोग गर्ने गरेकोले 'हेल्थ डेस्क' निकै आवश्यकता रहेको गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउत बताउँछन् ।

उनले 'हेल्थ डेस्क' स्थापनाका लागी विमानस्थलले उपलब्ध गराउने सहयोग र कक्ष स्थापना हुने स्थान तयार अवस्थामा रहेपनि स्थापनाका लागि हाल सम्म कोही सम्पर्क नै गर्न नआएको बताए ।

'हेल्थ डेस्क' स्थापनाका लागि हामी व्यवस्थापन गर्न तयारी अवस्थामा राखेका छौँ, उनले भने, 'तर, निर्णयपछि 'हेल्थ डेस्क' स्थापनाका लागि हाल सम्म कोही सम्पर्क नै गर्न आएको छैन ।'

सन् २०१९ मा यस विमानस्थल हुदै २ लाख २५ हजार २४ जना यात्रु आएका थिए भने २ लाख १९ हजार ९ सय ६ जना यात्रु गएका थिए । जसमध्ये १२ हजार चार सय ८९ विदेशी पर्यटक यस विमानस्थलबाट आगमन गरेका थिए भने एघार हजार ९ सय ५१ पर्यटकहरु प्रस्थान गरेका थिए ।

यस विमानस्थलबाट दैनिक १० बढी आन्तिरक उडानहरु भर्ने गर्दछन् । हाल पनि यस विमानस्थलबाट २५ प्रतिशत विदेशी पर्यटकहरु आउने जाने गर्दछन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले विमानस्थलमा 'हेल्थ डेस्क' राख्ने निर्णय भएपनि यस विमानस्थलको प्रयोग गर्ने यात्रुहरु काठमाण्डौँ विमानस्थलबाटै परिक्षण गराएर आउँदा जोखिम कम रहेको दावी गरे । उनले आवश्यक परे तत्कालै 'हेल्थ डेस्क' राखिने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.