अन्योलमा किरात सम्मेलन

अन्योलमा किरात सम्मेलन

लन्डन : बेलायतमा आगामी मे २४ देखि २६ सम्म हुने भनिएको किरात राईको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन अन्योलमा परेको छ । सम्मेलन आयोजक किरात राई यायोक्खा बेलायतको विवाद चर्किएपछि त्यसको असर सम्मेलनमा पर्ने भएको हो ।

कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राई पक्षले शनिबार पत्रकार सम्मेलन गरी संस्था संकटमा परेको भन्दै सम्मेलन औचित्यहीन रहेको जनाएको छ । सम्मेलनको तयारी गरिरहेकी संस्थाकी अध्यक्ष कल्पना राई अल्पमतमा रहेको तथा उनलाई बहुमतले निलम्बन गरिएको उनीहरूको दाबी छ ।

संस्थाको हितविपरीत निर्णय गर्दै गएको, बहुमत कार्यसमितिको अनुमोदनलाई नटेरेको, मनपरी ढंगले पदाधिकारी मनोनयन गरेकोजस्ता कारणले अध्यक्षलाई निलम्बन गरिएको उनीहरूले जनाएका छन् । विवादबीच बलजफ्ती सम्मेलन गर्न लागिएको तथा आन्तरिक झगडाबारे किरात राई यायोक्खा केन्द्र नेपाललाई अवगत गराउँदा पनि बेवास्ता गरिएकोे उनीहरूको गुनासो छ । संस्थाको विवाद मिलाएर मात्र सम्मेलन गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।

अध्यक्ष राई नेतृत्वको समूहले यसअघि भारतको सिक्कमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङको उपस्थितिमा विभिन्न देशबाट १ सयभन्दा बढी प्रतिनिधिको सहभागितामा बेलायतमा सम्मेलन गर्ने घोषणा गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.