कोरोना भाइरस : सतर्क गराउँदै दूतावास

कोरोना भाइरस : सतर्क गराउँदै दूतावास

विष्णु घिमिरे। साउदी अरेविया : कोविड १९ (कोरोना भाइरस)संक्रमणको खतरा बढेसँगै साउदी अरेबियास्थित नेपाली राजदूतावासले साउदीमा कार्यरत नेपालीलाई सचेत रहन आग्रह गरेको छ।

साउदीमा हालसम्म कसैमा कोविड १९ नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यद्यपि संक्रमणको त्रास रहेको भन्दै सचेत रहन आग्रह गरेको हो। साउदी आउने इस्लाम धर्मावलम्वीका सबै खाले भ्रमण अस्थायी रूपमा बन्द गरिएकाले बाहिरबाट त्यस्स्तो कुनै ठूलो संक्रमण आउन नसक्ने भए पनि सजक हुन आग्रह गरेको छ। चीन र इरानको भ्रमण गरेका कुनै पनि नागरिकले उक्त भ्रमण समाप्तिको १४ दिन पूरा भएपछि मात्र साउदी भ्रमण गर्न पाउने व्यवस्था रहेको छ।

संक्रमित मुलुकमा ट्रान्जिट समेत नपार्न आग्रह गरिएको हो। नेपालबाट भ्रमण भीसा तथा पर्यटक भीसामा साउदी आउन भने बन्द गरिएको छैन। पारिवारिक सदस्य ल्याउन पाइने भए पनि कामदारको रूपमा आउन भने सरकारले रोकेको जानकारी दिइएको छ। साउदी सरकारले कोविड परीक्षणको प्रयोगशाला समेत तोकिसकेकाले साउदीस्थित नेपालीले रुघा खोकी लागेमा, ज्वरो आएमा तथा श्वास प्रश्वाशमा समस्या देखिए तत्काल त्यस्ता केन्द्र पुग्न समेत सुझाव दिइएको छ।

साउदी सरकारले देशका विभिन्न २५ अस्पताललाई यो रोगको उपचारका लागि तयारी अवस्थामा राखेको र २२ सय बेडलाई क्वारेन्टाइन बेडका रूपमा व्यवस्था गरिसकेको छ। साउदीका केही छिमेकी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन तथा कतारमा यो रोगका विरामी फेला परेका छन्। यी देशको भ्रमण गर्दा सजगता अपनाउन समेत आग्रह गरिएको छ। अंकमाल तथा हात मिलाउने कार्य सीमित गर्न भनिएको छ। खोकी लागेका, ज्वरो आएका तथा श्वासप्रश्वासमा समस्या देखिएका जो कोहीसँग पनि टाढा रहन सुझाइएको छ।

दूतावासले कार्यक्रम सकेसम्म कम गर्न र जमघट नगर्न आग्रह गरेको छ। मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खान समेत आग्रह गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.