देउवाले भने-‘धनीमनीका मान्छेले नेपाली भाषा बोल्न जान्दैनन्’
धनगढी : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भन्दाबाहिर बसेका व्यक्तिहरु नेपालीहरुले भाषा राम्रो बोल्ने गरेको दाबी गरेका छन्। ‘भारतको आसाम, उत्तरखण्ड देहरादुन लगायत क्षेत्रमा नेपाली भाषा यहाँको भन्दा राम्रो बोल्छन्’धनगढीमा आयोजित विश्व साहित्य महोत्सवको समापन कार्यक्रममा बोल्दै देउवाले भने । ‘हामी नेपाली बिर्सिदै गएका छौँ। धनमनीका मान्छेले नेपाली भाषा बोल्न जान्दैनन्।’
देउवाले सुदूरपश्चिमको भाषा हराउदैँ जान थालकोमा चिन्ता व्यक्त गरे। ‘अहिले पढ्लेखेका मान्छेहरु अंग्रेजीमा छ्याङछुङ गर्छन् आफ्नो भाषा बोल्दैनन् ।’ उनले भने। कार्यक्रममा बोल्दै देउवादले बहुदल आएपछि सुदूरपश्चिममा धेरै विकास भएको स्मरण गरे।
महोत्सव समापन कार्यक्रममा अन्त्यमा नेता देउवाले संस्कृति विशेषज्ञ नभएको भन्दै राजनीति व्यक्तित्व भएकाले राजनीति कुरा पनि घुसाएको भन्दै महोत्सवमा सफल रुपमा सम्पन्न गर्ने सबैलाई धन्ववाद दिएका थिए । सुदूरपश्चिम साहित्य समाजले फागुन १४ गते देखि आयोजना गरेको विश्व साहित्य महोत्सव मंगलबार समापन भएको हो।