बागमतीमा २२ गते विदा

बागमतीमा २२ गते विदा

मलंगवा : ‘प्रदेश नं. २ को सान, राजा जनकप्रति सम्मान’ भन्ने मूल नाराका साथ फागुन २२ गतेबाट सुरु हुन लागेको चौथो राजर्षी जनककप फुटबलको उदघाटनका अवसरमा एक दिन नगरपालिकाभित्र स्थानीय विदा दिने निर्णय गरेको छ।

बुधवार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले सूचना निकालेर सार्वजनिक विदा दिएको जनाएका छन्। नगरपालिका अन्तर्गत सञ्चालित कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने सूचनामा उल्लेख गरिएको छ।

बागमती नगरपालिकास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित प्रतियोगिताको बिहीबार दिउँसो एक समारोहबीच पूर्वउपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता कार्यक्रम हुनेछ।

बागमति नगरपालिकाको गौरवको विषय भएको हुनाले सार्वजनिक बिदा दिइएको मेयर भरत कुमार थापाले जानकारी दिए।

प्रतियोगिताको उदघाटन खेलमा आयोजक बागमती युवा क्लब सर्लाही र ब्वाईज युनियन क्लब काठमाडौंले प्रतिस्पर्धा गर्दैछन्। खेलमा १२ वटा टिमको सहभागिता रहनेछ। चैत १ गते फाइनल खेल हुने प्रतियोगिताको बिजेताले १० लाख रुपियाँ र उपबिजेताले ५ लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छन्। यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक जना खेलाडीलाई एक थान मोटरसाइकल र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपियाँ नगद प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.