सुख्खा पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक खुल्यो

सुख्खा पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक खुल्यो

जोमसोम : गत सोमबारदेखि अवरुद्ध बनेको बेनी-जोमसोम सडक बिहिबार बिहान १० बजेदेखि खुलेको छ। सडक निर्माणको क्रममा अचानक सुख्खा पहिरो गएकाले मुस्ताङको थासाङ गाउँपालिका-४ र ३ को बीचमा पर्ने घैकु खोला आसपास करिब १५ किमी सडक पुरिएको थियो।

जिल्ला प्रशासन कार्यालय मुस्ताङ, सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानीयबासीको पहलमा बुधबारदेखि शर्मा गजुरमुखिको उपकरण प्रयोग गरी सडक खुलाइएको मुस्ताङ निमित्त प्रजिअ घनश्याम गौतमले जानकारी दिए। यसअघि सडक सफा गर्न अप्ठ्यारो र जोखिम भएकाले बिस्फोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाइएको थियो।

बेनी-जोमसोम सडकखण्डका सुपरभाईजर इन्द्रसिह शेरचनका अनुसार कठिन मेहनतका सडक खुलाइएको बताए। उनले उपकरण चलाउने थप अपरेट मगाएर सडक सफा गरी दोहोरो आउजाउ सञ्चालन भएको बताए।

सुख्खा पहिरोले सडक भासिएपछि स्काभेटरसहित चालक कालिगण्डकी नदीमा खस्दा सिन्धुपाल्चोकका अर्जुन दाहालको घटनास्थलमै मृत्यु भएको थियो भने एक यात्रुबाहक बसमा क्षति पुगेको थियो। यसअघि सुख्खा पहिरोले सडक अवरुद्ध हुँदा मुस्ताङ आउजाउ गर्ने यात्रुले सास्ती भोग्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.