चालकको स्वस्थ्य चेकजाँच

चालकको स्वस्थ्य चेकजाँच

काठमाडौं : जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चालकको स्वस्थ्य चेकजाँच सुरु गरेको छ । बनेपा हेल्थ केयर प्रा.लीको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार चालकको स्वास्थ्य परीक्षण गर्न थालेको हो ।  

कोरोना भाइरसको बारेमा सतर्कता अपनाइ सवरी चलाउन जोड दिन चालकको स्वस्थ्य जाँच गरिएको जिल्ला ट्रफिक प्रहरी कार्यलय काभ्रे प्रमुख प्रहरी निरीक्षक विशाल तामालङले जानकारी दिए । 

हामीले काभ्रेमा उच्च सतर्कता अपनाउन यस जिल्ला हुँदै चल्ने सवारी चालकको ज्वरो, रुघाखोकी, रक्तचाप, मधुमेह र सामान्य स्वस्थ्य चेक जाँच गरिएको प्रहरी निरीक्षक तामाङले भने । बिहीबार जिल्ला ट्राफिक प्रहरी र बनेपा हेल्थ केयरले संयुक्त रूपमा गरेको स्वस्थ्य परीक्षणमा दुई सय १७ जना चालकको सामान्य स्वस्थ्य चेकजाँच गरिएको जिल्ला ट्राफिक कार्यलयले जनाएको छ । 

स्वस्थ्य चेक गर्दै टिपर चालक विष्णु कार्कीले चालकको स्वस्थ्य चेकजाँच कार्यक्रम गरेर जिल्ला ट्राफिक प्रहरीले धेरै राम्रो काम गरेको बताए । टिपर चालकको लागि यो काम निकै नै महत्त्वपूर्ण भएको उनले उल्लेख गरे । 

अर्का बोलेरो चालक हरीबहादुर थापाले गाडी चलाएर फुर्सद नमिलेका चालकको स्वस्थ्य चेकजाँच कार्यक्रम देखेर खुशी भएको बताए । आफू साहुको गाडी लिएर कहिले कता कहिले कता गइरहने हुनाले चेक गर्ने फुर्सद नभएको र ट्राफिकले आफ्नो स्वस्थ्यबारेमा चासो लिएकोमा खुसी लागेको उनले बताए । 

चालकको स्वस्थ्य चेकजाँच कार्यक्रम नियमित मासिक संचालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेका प्रहरी सहयाक निरीक्षक भिमसेनविक्रम थापाले बताए । दैनिकरूपमा चालक तनाब बोक्दै सवरी चलाउने गरेको कारण दुर्घटना पनि न्यूनीकरण हुने भएकाले हामीले चालकको रक्क्तचाप चेकजाँचलाई जोड दिएको ट्राफिक प्रहरी थापाले भने ।   

स्वस्थ्य परीक्षण कार्यक्रममा बनेपा हेल्थ केयरको तर्फबाट जिल्लामा कार्यरत ट्राफिक प्रहरीलाई उच्च प्रविधिको माक्स समेत वितरण गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.