आइतबारदेखि धनगढी उपमहानगरपालिकाका सबै विद्यालय बन्द
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै उपमहानगरपालिकाले अर्को सूचना प्रकाशित नभएसम्म नगरका सबै माध्यामिक तहसम्मका विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
शुक्रबार उपमहानगरमा सरोकारवाला निकायको बैठकपछि विज्ञप्ति प्रकाशित गर्दै आइतबारदेखि लागू हुने गरी शैक्षिक संस्था बन्द गर्न निर्णय गरेको हो।
‘उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को सूचना नभएसम्म मिति २०७६ फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र आम नगरवासीमा जानकारी गराइन्छ।’