मुक्ति क्षेत्रमा हिमाली संस्कृति

मुक्ति क्षेत्रमा हिमाली संस्कृति

जोमसोम : धार्मिक तथा पर्यटकीय हिमालपारिको जिल्ला मुस्ताङ सांस्कृतिक सम्पदाले पनि उत्तिकै प्रख्यात छ। यहाँको मौलिक कला, संस्कृति र सामाजिक सभ्यताले समग्र जिल्लाकै सांस्कृतिक धरोहर उचाइमा पुगेको छ।

मुस्ताङको तल्लो क्षेत्रका थकाली समुदायमा आफ्नै प्रकार मौलिक संस्कृति छन् भने उपल्लो मुस्ताङ्गी समुदायको आफ्नै मौलिक संस्कृति छ। विशेष चाडपर्वको अवसरमा उजागर गरिने मौलिक संस्कृतिले यहाँको पर्यटन क्षेत्रलाई समेत योगदान दिएको छ। पछिल्लो समय यस्ता चाडपर्वमा देखाइने धार्मिक तथा सामाजिक संस्कृति जोगाउन यहाँका स्थानीय तहले बजेट छुट्ट्याएर पर्यटन प्रवर्द्धनमा जोड दिएका छन्।

मुस्ताङको वारागुङ मुक्ति क्षेत्रमा यस्तै एक धार्मिक तथा सांस्कृतिक कार्यक्रम भएको छ। फागुपूर्णिमा पर्व अर्थात् थकालीहरूको महान् पर्व तोरन्ल आउनु एक साताअघि वारागुङ मुक्तिक्षेत्र-५ फल्याक गाउँमा सांस्कृतिक कार्यक्रम भएको हो। हरेक वर्ष फागुन महिनाको दोस्रो सातातिर यहाँ तारो हान्ने खेल हुन्छ। यस खेललाई स्थानीय भाषामा धज्याङ भनिन्छ। युवाबीच आपसमा रमाइलो गर्ने मिठो खाने, राम्रो लाउने र एकआपसमा आत्मीय सम्बन्ध जोड्न तारो हान्ने खेल आयोजना हुने गरेको वडा-५ का अध्यक्ष राप्के गुरुङले जानकारी दिए। तारो खेलमा एक गाउँले आयोजना गरे पनि आसपासका गाउँका युवाले पनि सहभागिता जनाउने उनको भनाइ छ। एकआपसमा दुईदेखि पाँच जनाको समूह बनाएर तारो हान्ने खेल हुन्छ। तारो खेलमा दायाँबायाँ काठको मुड्का राखिन्छ र ५० मिटर परबाट तीर हानिन्छ। काठको मुड्को बीचमा सानो फलामको पाताले घेरिएको गोलाकार रिङ राखिन्छ, यसलाई खोल भनिन्छ। खोलमा तीर परे हान्ने व्यक्तिलाई अरू विपक्ष खेलाडीले पैसा दिने नियम हुन्छ। काठमा परेको तीरको गणना गरेर समूह विजेता घोषणा गरिन्छ। तल्लो क्षेत्रका थकालीले तोरन्लको समयमा तारो खेल्छन्। तारो हान्ने खेल हिमाली क्षेत्रको मौलिक संस्कृति भएको वडाअध्यक्ष गुरुङले उल्लेख गरे।

विशेषगरी मुस्ताङमा यार्तुङ पर्व र तीजी पर्वमा मौलिक संस्कृतिका कार्यक्रम हुने गरेको पाइएको छ। वारागुङको फल्याकमा भएको धज्याङ खेलका अवसरमा स्थानीयवासीले मौलिक संस्कृति पस्किएका छन्। उनीहरूले शदीयौदेखिको मौलिक भाषा-सांस्कृतिक मौलिकतालाई तारो खेलसँग जोडे। वारागुङको फल्याक समाजघरमा जम्मा भएका उनीहरूले गुरुङ समुदायको मौलिक भाषाको गीत गाउँदै तारो हान्ने खेलाडीले ऊर्जा भर्ने काम गरे। तारो हान्ने सांस्कृतिक खेलमा सहभागी गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले धार्मिक तथा सांस्कृतिक सभ्यता संरक्षणमा पालिका लागिपरेको सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.