विदेशीलाई विभूषण दिन नयाँ व्यवस्था

विदेशीलाई विभूषण दिन नयाँ व्यवस्था

काठमाडौं : अन्य देशका उच्च पदस्थलाई ‘सगरमाथा सम्मान विभूषण’ प्रदान गर्न कानुन संशोधन गरिने भएको छ। विभूषणका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको अधिकार, पहिचानमा अतुलनीय योगदान पुर्‍याएको हुनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।

विभूषणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मस्यौदामा ‘सगरमाथा सम्मान विभूषण’को व्यवस्था गरिएको छ। नेपाल कानुन आयोगका प्रवक्ता आलोकचन्द्र श्रेष्ठले विदेशी उच्च पदस्थलाई विभूषण र सम्मानका लागि नयाँ व्यवस्था गरिएको बताए। ‘केही नयाँ व्यवस्थासहित मस्यौदा तय भएको छ। विदेशीका हकमा यो नयाँ हो’, सहसचिव श्रेष्ठले अन्नपूर्णसँग भने। आयोगले मस्यौदा सुझाव र छलफलमा ल्याएको छ।

उनका अनुसार विदेशी राज्यका राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्री वा सोसरहका पदाधिकारीलाई यस्तो सम्मान विभूषण दिइनेछ। संयुक्त राष्ट्रसंघका महासचिव, सोसरहका पदाधिकारी वा अवकाशप्राप्त व्यक्तिलाई पनि यो विभूषण दिन सकिनेछ। विश्व शान्ति, अन्तर्राष्ट्रिय भाइचारा, मानवअधिकार संरक्षण, अन्तर्राष्ट्रिय स्तरमा सामाजिक न्याय तथा प्रगतिका लागि ख्यातिप्राप्त राजनेता, विश्वविख्यात वैज्ञानिक वा नोबेल पुरस्कार विजेतालाई पनि यो सम्मान विभूषण दिन सकिनेछ। तर, यस्ता व्यक्ति अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त हुनुपर्नेछ।

एकै व्यक्तिले एकपटकभन्दा बढी यो विभूषण पाउनेछैनन्। विदेशी राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख, मन्त्री वा सोसरह वा सोभन्दा माथिका पदाधिकारी र अन्य नागरिकको हकमा परराष्ट्रमन्त्रीले सिफारिस गर्ने भनिएको छ।

यस्तै, नेपालको सामाजिक, आर्थिक विकासमा विशिष्ट योगदान पुर्‍याउने, नेपाल र नेपालीको अधिकारको पक्षमा आवाज उठाउने, नेपालका विभिन्न क्षेत्रमा अन्वेषण वा अनुसन्धान गरी विशिष्ट उपलब्धि हासिल गर्ने, नेपाली र सम्बन्धित विदेशी मुलुकका नागरिकबीच जनस्तरमा उल्लेख्य रूपमा सम्बन्ध प्रवद्र्धन गर्ने विदेशीलाई ‘गौतम बुद्ध’ पदक दिन सकिने व्यवस्था गरिएको छ। कुनै क्षेत्रमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वा नेपालको हितका लागि विशिष्ट योगदान पुर्‍याउने विदेशीलाई नेपाल सरकारले सम्मानस्वरुप यस्तो विभूषण प्रदान गर्न सक्ने व्यवस्था रहे पनि को कसलाई कस्तो दिने भनेर विभूषणको नाम किटान थिएन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.