महिला निर्देशक भनेको मन पर्दैनथ्यो
आफ्नो पहिलो पुस्तकको पहिलो शब्द लेख्नुअगाबै चलचित्र निर्माता एवं अभिनेत्री नन्दिता दासले आफूले लेख्ने त्यो पुस्तकको नाम निक्र्योल गरेकी थिइन्। उनले पुस्तक लेख्नुअघि नै न्वारन गरेकी थिइन्– ‘मन्टो एन्ड आई’ (मन्टो र म)। हालै प्रकाशित उनको कफी टेबुल बुक ‘मन्टो एन्ड आई’ मा उनले पाठकलाई आफ्नो दोस्रो चलचित्र ‘मन्टो’ (२०१८) का दृश्यहरूमा फर्काएकी छिन्। लेखक एवं नाटककार सआदत हसन मन्टो र उनको समय चित्रणमा नन्दिताले बिताएका ६ वर्षको यात्रालाई पुस्तकमा चित्रण गरिएको छ।
नन्दिताले पुस्तकको भूमिकामा चलचित्र बनेयता मन्टोको सान्दर्भिकता अझ बढेको लेखेकी छिन्। आजको भारतीय सामाजिक, राजनीतिक अवस्था र मन्टोले आफ्नो समयमा सामना गरेको सेन्सरसिपबीच एक प्रकारको अस्वाभाविक समानता छ– नन्दिता भन्छिन्। ‘मन्टो एन्ड आई’ पुस्तकमा नन्दिताले आफ्नो लामो अनुसन्धान, लेखन प्रक्रिया, छायांकनस्थलको खोजीमा आइपरेका समस्या, कलाकार छनोट, छायांकन, चलचित्र ‘बेच्ने’ व्यापार र ठूलो पर्दाभन्दा अलग मन्टोको भावना अर्थात् उनकै शब्दमा ‘मन्टोएत’ बोक्दै हिँड्नुका सम्झना र अनुभव समेटेकी छिन्।
मन्टोको निधन भएको ६५ वर्ष पुगेको भोलिपल्ट चलचित्र ‘मन्टो’बारे नन्दिताले किन पुस्तक लेख्ने निधो गरिन् भन्ने विषयमा कुराकानी गरेका छौं। उनले यो पुस्तक बोकेर जनवरी १६ देखि १९ सम्म केरलाको कोजिकोडेमा आयोजित केरला साहित्य महोत्सवको बहस सेसनमा भाग लिएकी थिइन्।
‘मन्टो एन्ड आई’ लेख्न तपाईंलाई के कुराले हौस्यायो ?
सन् २००८ मा मैले ‘फिराक’ चलचित्र बनाएँ। त्यत्तिबेला पनि मस“ग चलचित्र निर्माणसम्बन्धी धेरै कथा थिए। मैले धेरैवटा चलचित्रमा अभिनय गरिसकेकी छु। तर, निर्देशन नितान्त भिन्न यात्रा हुने रहेछ। कुनै कथा भन्न किन छानिन्छ भन्ने विचारबाट नै यात्राको आरम्भ हुन्छ। निश्चित कथामा आधारित चलचित्र बन्छ, रिलिज हुन्छ र त्यसबारे विभिन्न थरी प्रक्रिया ओइरिन्छ। यो सबै यात्राकै सिलसिला हो। यो यात्रा जारी रहन्छ। ‘फिराक’ एउटा प्रि–सोसिएल मिडिया चलचित्र थियो। आजभोलि धेरै मञ्चहरू थपिएका छन्। त्यसकारण कुनै पनि चलचित्रको आयु अलिक बढेको छ।
धेरै त्यस्ता कुरा हुन्छन् जो भनिएको हु“दैन। तर, त्यस्ता कुरा बाहिर आउन निकै लालायित भएका हुन्छन्। ६ वर्षको लामो यात्रा भएकाले मन्टो चलचित्रको विषयमा पनि यस्ता धेरै कुरा छन्। मन्टोको एक सयौं जन्म दिनको अवसर पारेर मैले सन् २०१२ मा यो यात्राको आरम्भ गरेकी थिए“। चलचित्र २०१८ सेप्टेम्बरमा रिलिज भयो। त्यसपछि पनि यसको यात्रा जारी रह्यो। धेरै विश्वविद्यालय र चलचित्र उत्सवमा यसको प्रदर्शन भयो। मैले यो यात्रा सन्तुष्ट भई बिट मारिन“। बरु, मेरो सिर्जनात्मक, भावनात्मक सामाजिक, राजनीतिक यात्राको क्रममा सिकेका कुराको पुस्तकमा अभिलेखीकरण गर्न चाहेँ।
कलाकारहरूको जीवन–यात्रा मेरो सधैं चासोको विषय हो। जस्तै, एक जना संगीतकारले रिहर्सल गर्दै गर्दा त्यो समयले मलाई आकर्षित गर्छ। एक जना कलाकार संलग्न हुने यस्ता गतिविधि स्वयंमा एउटा परिणाम मात्र होइन, बरु समग्रमा एउटा प्रक्रिया हो। त्यसकारण मलाई जस्तै यो अरूका लागि पनि रोचक विषय बन्न सक्छ भन्ने मेरो विचार हो। हामीलाई थाहा छ, कला र कलाकार आपसमा अन्योन्या िश्रत हुन्छन्। त्यसो भए उनीहरूले जे छनोट गरेका हुन्छन्, त्यही कुरा छान्नुमा के सम्बन्ध हुन्छ ? मैले यही कुराको चर्चा गरेकी छु।
चलचित्र छायांकनको क्रममा तपाईंले गर्नु भएको अनुभवको अभिलेखीकरण गर्न चाहनु भएको हो ? के तपाईंले नोट बनाउनुभएको थियो वा दैनिकी लेख्नुभएको थियो ? तपाईं कस्तो खालको पुस्तक लेख्न चाहनुहुन्छ ?
त्यस्तो खास योजना त थिएन। मेरो जीवनमा केही पनि काम योजनाबद्ध भएन। एउटा गर्न खोजिरहेको हुन्छु, भइदिन्छ अर्कै। चलचित्र निर्देशनको अन्तिमतिर आएर मलाई यो सिंगो प्रक्रियाको अभिलेखीकरण गर्न पाए गज्जब हुने महसुस भयो। छायांकनको क्रममा श्वास फेर्ने फुर्सद थिएन, कहा“बाट दैनिकी लेख्न भ्याउनु ! लेख्ने क्रममा सबै कुरा पुनः प्रसारण गरे जस्तो सम्झी–सम्झी लेखेँ।
सुरुमा त मैले यति धेरै अन्तरर्वार्ता दिएकी छु, ती सबै एकै ठाउ“मा जम्मा गर्ने विचार गरेँ। ...मलाई प्रायशः सोधिएका प्रश्नलाई एकै ठाउ“मा जम्मा गरेर त्यसैको बीचबीचमा मेरा सार्वजनिक नभएका धेरै प्यारा फोटोहरू राख्ने सोचेँ। त्यसो गर्दा सजिलो हुने थियो। तर, पछि जब लेख्न सुरु गरेँ, मलाई लाग्यो– मैले त चलचित्र नहेरेको एक जना पाठकका लागि पनि त लेख्नुपर्छ। मन्टोबारे केही थाहा नभएको व्यक्ति र चलचित्र हेरिसकेको दर्शक सबैलाई ध्यान दिएर मैले लेख्नुपर्छ।
मैले विचार गरेँ, मैले यो यात्रा वृत्तान्त कसलाई सुनाउ“दै छु ? मैले सुनाउन चाहेको यो यात्रामा म कसरी इमानदार रहन सक्छु ? यति धेरै विविधतायुक्त पाठक छन्। चलचित्र बनाउन थाल्दा मन्टोको विषयमा मैलेभन्दा बढी जानेको निकै थोरै मानिस थिए। मन्टोबारे पटक्कै थाहा नभएका मानिस पनि धेरै थिए। अनि यी दुईथरी मानिसको मझधारमा मन्टोबारे आधा कुरा मात्र थाहा भएका मानिस पनि थिए। यस्तो मझधार अझ खतरनाक हुन्छ किनभने उनीहरू आफूलाई आफूले जानेको भन्दा बढी जानेको छु भन्ने भ्रममा हुन्छन्। लेखनपछि मैले केही तस्बिर छानेँ, क्याप्सन लेखेँ र साथमा मन्टोका केही भनाइ पनि समावेश गरेँ। सारमा यो मैले सोचेंभन्दा निकै ठूलो काम बन्दै गयो।
पुस्तकमा तपाईंले चलचित्र निर्माणमा तपाईंस“गै काम गरेका धेरै मानिसको चर्चा गर्नुभएको छ। लाहोर बस्ने मन्टोको परिवारस“ग तपाईंको सम्बन्ध र कसरी मन्टोसम्बन्धी चलचित्र बनाउने निक्र्योलमा पुग्नुभयो आदि विषयमा पनि लेख्नुभएको छ। त्यसबाहेक ‘मन्टो एन्ड आई’मा एक जना पाठकले के अरू कुरा पाउन सक्छ ?
मैले यो पुस्तक झन्डै दैनिकी जस्तै गरी लेखेकी छु। एक प्रकारले चलचित्रको सिंहावलोकनमा उठेका चेतनाको प्रवाह जस्तै। मानिसहरूलाई मन्टोको विषयमा थाहा थिएन। ‘मन्टो ! को हो मन्टो भनेको ? मन्टो भनेको के हो ? ’ मान्छेहरू सोध्थे। त्यो व्यक्तिको विषयमा मैले चलचित्र बनाउने किन विचार गरेँ, सबै कुराको तारतम्य कसरी मिलाइयो, यस्तो खालको चलचित्र बनाउन पैसाको जोहो कसरी गरियो आदि कुरा यसमा पाठकले पढ्न सक्छन्।
सुरुआतको चुनौती त कलाकार छनोटमा थियो। यो कथा जसरी भन्न चाहन्थेँ, त्यसमा म कुनै सम्झौता गर्ने पक्षमा थिइन“। विश्वसनीय र पात्रअनुसारको कलाकार भेटाउन सके कथा मैले सोचेअनुसार नै भन्न सजिलो हुने थियो।
पुस्तकमा कसरी स्वाधीन चलचित्रहरूले बजारमा संघर्ष गर्नुपर्छ भन्ने कुराको चर्चा छ। निर्माता, वितरक, चलचित्र मन्दिरका मालिकहरूबीचको नेक्ससबीच यस्ता चलचित्रले सामना गर्ने चुनौतीको अनुभव पनि यसमा छ।
एक जना आमा भए चलचित्र बनाउनु कस्तो हुन्छ भन्ने कुरा मैले लेखेकी छु। यो क्षेत्रमा किन महिलाको सहभागिता यति थोरै संख्यामा छ ? यसको कारण उनीहरूलाई अल्झाउने अरू विषय धेरै भएर हुनुपर्छ। महिलाको विशेषण बोकेर हिँड्नुको अर्थ के हो ? ‘महिला निर्देशक’ को विशेषणस“ग मेरो सम्बन्ध कसरी बदलियो ? ‘फिराक’ चलचित्र निर्माणपछि मलाई कसैले महिला निर्देशक भनेको मन पर्दैनथ्यो। तर, आजभोलि मलाई लाग्छ– चलचित्र क्षेत्रमा अरु पनि धेरै महिला निर्देशकलाई भित्र्याउनु छ भने यो सम्बोधनलाई स्वीकार्नुपर्छ। म यो क्षेत्रमा अरू महिला निर्देशक भित्रिएको चाहन्छु। यो विशेषण आवश्यक छ सायद किनभने हामीकहा“ महिला निर्देशकको संख्या निकै थोरै छन्। यद्यपि सबै कुरा बिस्तारै परिवर्तन भइरहेका छन्। मेरो यात्रामा मैले सामना गरेका सबै सानासाना कुरा समेतले यो पुस्तकमा स्थान पाएका छन्।
चलचित्र निर्देशनको तपाईंको यात्रामा तपाईंको छोराले पनि सँगै सानो यात्रा गरेको थियो भन्ने प्रसंग पुस्तकमा उल्लेख छ। ‘मन्टो’ जस्तो निकै गम्भीरता आवश्यक पर्ने चलचित्र बनाइरहेको समयमा छोराले तपाईंलाई कसरी बुझेको होला ? यो विषयलाई कसरी जोड्नुहुन्छ ?
हो, ‘मन्टो’ चलचित्र निर्देशन र छोराको जन्म झन्डै समानान्तर थियो। छोरोको जन्म सन् २०१० मा भयो। चलचित्र निर्माण थाल्दा ऊ दुई वर्षको थियो। त्यसको अर्थ उसमा चेतना विकासको सुरुआती चरणमा नै मलाई ‘मन्टो’ चलचित्र निर्माणमा दत्तचित्त भएर लागेको देखेको थियो। त्यो एउटा चुनौती पनि थियो किनभने यो एउटा लामो बिछोड पनि थियो। सबै कुरा मिलाएर नै मात्र म सुटिङका लागि जान सक्थें। मैले यस्ता कुरा यो पुस्तकमा लेखेकी छु।
तपाईंले यदि छोरालाई सोध्नुभयो भने उसले मन्टोको बारेमा भन्न सक्छ। ‘हसन मन्टोको श्रीमती सोफिया मन्टो हो’ भन्छ। उसलाई यसको कथा थाहा छ। यो चलचित्रमा थोरै उसको पनि भूमिका छ। थोरै नातावाद घुसाएको (हा“सो)। चलचित्रमा उसले ‘ब्वाई अन द बार’को भूमिका निभाएको छ। मैले उसैका लागि त्यो पात्र खडा गरेको त थिइनँ। त्यो पात्र त्यहा“ थियो र त्यो भूमिकामा मैले उसलाई राखेकी हु“। त्यसकारण यो यात्राको ऊ पनि एउटा हिस्सा हो।
कहिलेकाहीँ म काम गर्दै गर्दा ऊ सोध्छ, ‘के काम गरिरहनुभएको आमा ? ’ म भन्छु, ‘चलचित्रको काम।’ ‘फेरि, तपाईं अझै अर्को चलचित्र बनाउ“दै हुनुहुन्छ ? ’ उसले चलचित्रको काम सकिएको ठानेको समयमा मैले पुस्तक लेख्न सुरु गरें। ‘अहिले तपाईंले त्यसैको विषयमा लेख्दै हुनुहुन्छ ? ’, एक दिन उसले सोध्यो। लेख्नु पक्कै पनि एकान्तिक काम हो। म घरको काम पनि गर्छु। एकै समय सबै काम मिलाउने प्रयास गर्छु।
एक जना महिलालाई घरको काम पनि गरेर आफ्नो काममा पनि खट्नुको अर्थ के हुन्छ भन्ने कुराको अनुभव पुस्तकमा लेखेकी छु। धेरै थरी कामले कसरी महिलालाई कुनै एउटा काममा पूर्णतः केन्द्रित हुन गाह्रो हुन्छ। त्यसकारण महिलामा सधैं ध्यान विकेन्द्रीकरण हुने गर्छ। एक जना आमालाई सोध्नुस्, उनको दिमागको पश्र्व भागमा लगातार चिन्ता र अनेक थरी कुरा खेलिरहेका हुन्छन्।
पुस्तक लेखनपछि तपाईंले आफ्नो चलचित्रको भिन्न कोण देख्नुभयो ?
देखेँ। तपाईंले आफूले बनाएको चलचित्र जति धेरै पटक हेर्नुहुन्छ, त्यत्ति नै फरक कोण देख्नुहुन्छ। चलचित्रको सबटाइटल लेख्दै गर्दा मेरो ध्यान त्यहा“ प्रयोग भएका शब्दका लागि उपयुक्त अंग्रेजी शब्द के हुन सक्छ भन्ने कोणमा मात्र केन्द्रित थियो। ध्वनिको काम गर्दा हरेक पटक म भिन्नभिन्न खालको ध्वनि सुन्थेँ। भन्नाले अर्धचेतन तहमा हामीले आफैं एउटा अलग परिवेश बनाइरहेका हुन्छौं।
अहिले मैले त्यो चलचित्र हेरें भने अझै पनि बदल्नुपर्ने वा मिलाउनुपर्ने हजार कुरा देख्छु। तर, चलचित्रमा जे आयो, त्यो त्यत्तिबेला मलाई प्राप्त सूचनाको आधारमा गरिएको निर्णय थियो। यी सबैका आफ्नै सन्दर्भ हुन्छन्। पुस्तक लेख्ने क्रममा मैले अन्तर्वार्ताहरूमा पनि नभनेका घटनाहरू मेरो मनमा खेलिरहेका थिए।
काम गर्ने सिलसिलामा बटुलेका केही तीता अनुभव, केही मानिसस“गको तिक्तता र सोचेजस्तै नभएका कुरालाई मैले लेख्न आवश्यक ठानेकी छैन। त्यत्तिबेला चित्त नबुझेका कति मानिस समयान्तरमा आफूले सोचेजस्तो खराब होइन भन्ने पनि लाग्यो। चलचित्रको काम गर्दै गर्दा कतिबेला लाग्थ्यो, ‘हे भगवान ! कस्तो मान्छेलाई काममा लिएछु।’ अथवा ‘यो कस्तो झमेलामा फसेछु।’
यस्ता कुरा भइरहन्छन्। पुस्तकमा यस्ता केही कुरा लेखेकी छु। तर, यस्ता कुरा मेरो पहिलो प्राथमिकता होइनन् किनभने अहिले त बढी आभारी बन्ने समय हो। यी सबै मेरा सिकाइ अनुभव हुन्।
हिजोआज के गर्दै ? कुनै नया“ चलचित्रको तयारी ?
हो, म एउटा चलचित्रको तयारी गर्दैछु। तर, त्यसको विषयमा म अहिले केही भन्न सक्दिन“। ‘मन्टो’कै नै वेब सिरिज बनाउने कुरा पनि भएका छन्।
मैले बनाएका दुवै चलचित्रमा ‘चलचित्र बनाउनु छ त्यसकारण मलाई कथा चाहिएको छ’ भन्ने अवस्था आएन। बरु म कथा भन्न चाहन्थेँ र त्यसकारण चलचित्र बनेका छन्। अहिले पनि म एक प्रकारले त्यस्तै अवस्थामा संघर्षरत छु। मलाई केही समय लाग्नेछ। पुस्तक लेखनले पनि केही समय लियो। त्यसमाथि मेरो सामाजिक अभियान त चालू नै छ।
मेरो लागि मन्टो एक जना पुरुष र लेखक मात्र होइनन्। मेरा लागि उनी खुला भावनाका वैचारिक प्रतिनिधि हुन्। त्यसकारण म मन्टोको विचार प्रचार गर्न चाहन्छु। मन्टोको विचार भन्नाले खुला भावना, साहस, थप इमानदार र सत्यवादी बन्ने चाहना हो। मैले अरू काम गरेँ पनि यही विचारको वरपर हुनेछु।
तपाईंका मूल परिचय नै मन्टो बनेको छ है ?
हो, म पनि सधैं यही सोच्छु। अहिले यसले नाम पाएको छ। यो एक प्रकारको प्रेरणा र लगातारको सम्झना जस्तै भएको छ। पक्कै पनि मैले अरु पनि कथामा चलचित्र बनाउनेछु। तर, मन्टो भने सधैं त्यहीं कतै वरपर हुनेछन्।
अनुवादः नीरज लवजू