सिमरा विमानस्थलमा ‘हेल्थ डेस्क’

सिमरा विमानस्थलमा ‘हेल्थ डेस्क’

सिमरा : कोरोना भाइरसविरुद्ध सावधानी अपनाउदै बाराको सिमरा विमानस्थलमा बुद्ध एयरले यात्रुको स्वास्थ्य परीक्षण र सहायता कक्ष सुरु गरेको छ । 

महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन बुद्ध एयरले स्वास्थ्य परीक्षण गरेर मात्र यात्रुलाई विमानमा पठाउन थालेको हो । 
बोर्डिङ पास लिनुपूर्व थर्म स्क्यानरमार्फत यात्रुको तापक्रम जाँच गर्ने र त्यसपछि मात्रै विमानमा पठाउन थालिएको बुद्ध एयर सिमराका प्रमुख सुरेश रेग्मीले बताए । 

‘कोरोनाको संक्रमण फैलन नदिन हामीले सचेतना अपनाएका हौँ, अहिलेको स्थितिमा सबैले यस्तो कार्य गर्न जरुरी छ’, रेग्मीले भने । 

सिमरा–काठमाडौं रुटमा बुद्ध एयरका दैनिक सात उडान छन् । नेपाल मात्र नभई छिमेकी राष्ट्र भारतका यात्रुसमेत यो रुट भएर काठमाडौं–सिमरा आवतजावत गर्ने गरेका छन् । 
भारतमासमेत कोरोनाको संक्रमण देखिसकिएको छ ।
यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा सिमरा विमानस्थलमा यात्रु सहायता कक्ष सुरु गरिएको छ । यात्रुलाई कोरोनाविरुद्धको सावधानीका विषयमा जानकारी गराउन, यात्रुको स्वास्थ्य अवस्थाका विषयमा बुझ्न सहायता कक्ष सुरु गरिएको हो । 

सहायता कक्षमा यात्रुलाई कोरोनाको संक्रमणबाट बच्ने उपायका विषयमा जानकारी गराउने र अन्यलाई समेत बचाउन लागि आफूले खेल्नुपर्ने भूमिकाका विषयमा बताउने गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य कर्मचारी अनिलकुमार दासले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.