पुलिस क्वार्टरफाइनलमा

पुलिस क्वार्टरफाइनलमा

मलंगवा : सर्लाहीको बाग्मतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। पुलिसले जनजागृति युवा क्लब सिमरा बारालाई एक शून्यले हरायो।

पुलिसको जितमा ८१औं मिनेटमा राम वाजीले निर्णायक गोल गरेका थिए। रविन श्रेष्ठले प्रहार गरेको कर्नर किकमा उनले हेड गोल गरेका हुन्।

खेल अवधिभर पुलिस बलियो देखिए पनि जनजागृतिको बलियो रक्षापंक्तिका कारण गोलका लागि निकै संघर्ष गर्नु परेको थियो। आधा दर्जनभन्दा बढी सशक्त प्रहार गरे पनि जनजागृतिका गोलरक्षक सुवास बलले विफल बनाएका थिए।

जितसँगै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पुलिसले अब ब्वाइज युनियन क्लबको सामना गर्नेछ।

खेलको म्यान अफ दी म्याच पुलिसका रविन श्रेष्ठ घोषित भए। आइतबार जाउलाखेल युथ क्लब र एपीएफबीच खेल हुने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.