कोरोनाबाट जोगिने तीन उपाय (भिडियो)

कोरोनाबाट जोगिने तीन उपाय (भिडियो)

काठमाडौं : चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को त्रास नेपालसहित विश्वभर देखिएको छ। ३ हजार ४ सय ९१ जनाको ज्यान लिइसकेको भाइरसको अहिलेसम्म कुनै पनि औषधि वा खोप आविष्कार भइसकेको छैन । यसको संक्रमणबाट जोगिन सकिने विशेषज्ञले बताएका छन्। उनीहरूले विशेषगरी तीन उपाय सुझाएका छन्।

१.    मास्क लगाउने 
संक्रमण रोग विशेषज्ञ डा. अनूप सुवेदी सामान्य व्यक्तिले मास्क  लगाउनु नपर्ने बताउँछन्। उनले संक्रमित बिरामी वा बिरामीको हेरचाह गर्नेले यसको प्रयोग गर्नुपर्ने बताएका छन्। त्यस्तै डा. दिप्तेश अर्यालका अनुसार शंकास्पद स्थान वा भीडभाडमा जाँदा र रुघाखोकी लागे मात्र मास्क लगाउनुपर्छ ।

कस्तो मास्क लगाउने ?
संक्रमित र हेरचाह गर्नेले ‘सर्जिकल मास्क’ लगाउनुपर्ने डा. अर्यालको सुझाव रहेको छ। त्यस्तै सुरक्षाका नाममा चिकित्सकले प्रयोग गर्ने महंगो ‘एन–९५’ जस्ता मास्क नलगाउन सर्वसाधारणलाई सुझाव गरेका छन्। यसरी उक्त मास्कको प्रयोग सबैले गरे अस्पतालमा त्यसको अभाव हुन सक्ने डा. सुवेदीले बताए।

२.भीडभाडमा नजाने
भीडभाडमा नजादा कोरोनाबाट बच्न सकिने विशेषज्ञहरूले बताएका छन्। नेपाल सरकारले पनि सर्वसाधारणलाई भीभाड हुने स्थानमा नजान आग्रह गरेको छ। साथै सरकारले सभा सम्मेलन स्थगित गर्न भनेको छ। 

कोरोना हावाबाट सरेको तथ्य अहिलेसम्म नपाइएको विशेषज्ञहरूले बताएका छन्। तर संक्रमित व्यक्तिबाट करिब एक मिटर वा तीन फिटको दूरीमा सर्न सक्छ । भीडमा उक्त दूरी कायम गर्न सकिदैन। त्यसैले, धेरै हुल वा भीडमा नगएमा यसबाट बच्न सकिन्छ। 

३.राम्ररी हात धुने
समय समयमा सही तरिकाले हात धुनुपर्छ। हातले हरेक समय आँखा, नाक र मुख लगायतका सजिलै भाइरस शरीरमा प्रवेश गर्न सक्ने अंगमा छुन सकिने भएकाले हरेक समय हातको सफा गर्न जरुरी छ। त्यस्तै शंकास्पद व्यक्ति तथा संक्रमितले प्रयोग गरेका वा छोएका सामान तुरुन्त सफा गर्नुपर्छ। 

संक्रमणबाट जोगिन साबुन पानी वा अल्कोहलले हात धुनुपर्ने विश्व स्वास्थ्य संगठनले बताएको छ। यसैगरी दैनिक प्रयोग हुने सामान सफा गर्दा किटाणु नष्ट गर्ने केमिकल प्रयोग गर्नुपर्छ। काम गर्दागर्दै केही घण्टाको फरकमा ‘स्यानिटाइजर’ले हात सफा गरे संक्रमणबाट जोगिन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.