झापामा कविता तङसिङ-२
दमक : याक्थुङ लेखक संघ झापा शाखाको आयोजनामा कविता तङसिङ–२ शनिबार दमकमा सम्पन्न भएको छ ।
‘तङसिङ’ लिम्बू जातिले गर्ने सबैभन्दा ठूलो साँस्कृतिक अनुष्ठान हो । तङसिङलाई कवितासँग जोडेर काब्यिक अनुष्ठानको रुपमा कार्यक्रम गरिएको याक्थुङ लेखक संघ, झापा शाखा अध्यक्ष मौलश्री लिम्बूले बताए ।
दमक उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा ३२ जना याक्थुङ ९लिम्बू० कविहरुले कविता वाचन गरेका थिए ।
कविता तङसिङमा धर्मेन्द्रबिक्रम नेम्बाङ, कुमार लिङदेन ‘मिराक’, अभागि थेगुवा, सन्तोष थेबे, सन्देश सुब्बा, टंक सेलिङ, केजी सुब्बा, राजकुमार सुब्बा ‘अनिश्चित’, उदय पन्दाक, कैलास शिखर, सेलिङ केसी, सन्त थलङ, सुमन लिङदेन, गगन योक्पाङदेन, इक्साहाङ चेम्जोङ, पार्वता पोमु जिज्ञासु, सुनिल आङ्बो, प्रदीप योङहाङ, युबिर चेम्जोङ र मञ्जु थेगिम र कबिन तुम्बापोले कबिता वाचन गरेका थिए ।
यस्तै सेसेमी से–नाल्बो, सेसेहाङ फियाक, पुष्पहाङ लोवा, रानीटारे माइला, मुक्साम लाबुङ, साम्जीरी शेर्मा, निशा लोवा, रचना लाओती, आन्छुमे नशान, कल्पना लिङदेन, चुक्सा याप्मीले लिम्बू भाषाको कबिता वाचन गरेका थिए । कविहरुले लिम्बुवानी इतिहास, कला, संस्कृतिमा आधारित कविता वाचन गरेका थिए ।