युरोपेली मुद्राको अधिमूल्यन उच्च

युरोपेली मुद्राको अधिमूल्यन उच्च

काठमाडौं : कोरोना भाइरसबाट सिर्जित विश्व अर्थ व्यवस्थाको उथलपुथलले युुरोपेली मुद्रालाई बलियो बनाउन थालेको छ। युरोपेली संघका २७ मध्ये १९ मुलुकको वैधानिक मुद्रा युरोले सुरक्षित मुद्रा अर्थात ‘सेफ हेभन’ को नयाँ पहिचान पाउन थालेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेका छन्। युरोपमा ४४ मुलुकमध्ये जर्मनी, फ्रान्स, इटाली, स्पेनजस्ता ठूला अर्थतन्त्र युुरोजोनमा पर्छन्।

युरोपेली केन्द्रीय बैंकले ऋणात्मक ब्याजदर कायम राखेको अवस्थामा पनि त्यस क्षेत्रको चालू खाता धनात्मक रहेका कारण युरो लगातार बलियो हुँदै आएको छ। गत शुक्रबार युरो अमेरिकी डलरको तुलनामा ७ महिनाकै महँगो भएको थियो। यसअघि संसारकै सबैभन्दा सुरक्षित मुद्रा मानिने जापानी येनको उपाधि खोस्ने रफ्तारमा युरो अघि बढेको विश्लेषण हुन थालेको छ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरको आँकडाले युरो बाहेकका युरोपेली प्रमुख मुद्रा अझ बलियो भएको देखाउँछ। मार्च महिना सुरु भएयता स्विडेनको मुद्रा क्रोना नेपाली बजारमा सर्वाधिक महँगिएको छ। त्यसपछि जापानी येन र स्विजरल्यान्डको मुद्रा स्विस फ्र्यांक पनि धेरै महँगिनेमा पर्छन्। डेनमार्कको मुद्रा डेनिस क्रोन र युरो पनि एक सातामैे ५ प्रतिशतभन्दा ज्यादा अधिमूल्यन भएका छन्। रुसी रुबल नेपालमा सटही सुविधा छैन। युरोपको अर्को प्रमुख मुद्रा बेलायती पाउन्ड पनि झन्डै साढे ३ प्रतिशत महँगिएको छ।

पछिल्लो समय भारतीय सेयर बजारको तीव्र गिरावटको असर नेपाली मुद्राको अवमूल्यनमा पनि परेको छ। भारतबाट अधिकांश पश्चिमा लगानीकर्ताले धितोपत्रमा भएको लगानी बेचेर पैसा फिर्ता लान थालेपछि भारतीय रुपैयाँको भाउ ओरालो लागेको छ। भारुसँगै स्थीर विनिमय दर कायम भएको नेपाली रुपैयाँ पनि भारुसँगै खस्केको हो।

यसबाट बेलायती सेनाका अवकाशप्राप्त नेपालीले पाउने पेन्सन रकम भने नेपाल भिœयाउँदा पहिलेभन्दा ज्यादा हुनेछ। युरोपमा बसोबास गर्ने नेपालीले स्वदेशमा रेमिट्यान्स पठाएको खण्डमा उनीहरूको आम्दानी पनि बढ्छ। तर, नेपाल राष्ट्र बैंकको तथ्यांकले युरोपेली मुलुकबाट नेपालमा निकै कममात्र रेमिट्यान्स आउने गरेको देखाउँछ। बरु युरोपबाट आयात हुने विद्युतीय उपकरण, हवाइ पार्ट्स, सवारीसाधनलगायत सामानको मूल्य वृद्धिमा यसले सघाउन सक्छ।

पछिल्ला सात दिनमा विदेशी मुद्राको अधिमूल्यन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.