निरन्तर लागिरहे हत्या अनुसन्धान सफल

निरन्तर लागिरहे हत्या अनुसन्धान सफल

काठमाडौं :

घटना १

गएको कात्तिक १६ गते गुल्मी चन्द्रकोट गाउँपालिकास्थित पोखरीमा तीन जनाको सामूहिक हत्या भयो। सरिता भन्ने शिवमाया लिम्बु र उनकी दुई छोरी गंगा र जमुनाको शव क्षतविक्षत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानमा बाग्लुङको पकरबास घर भई हाल कास्की लामाचौर बस्ने पुरन भन्ने पूर्णबहादुर सुनार र माधव सुनारले हत्या गरेको खुल्यो। केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध सम्बन्धका कारण हत्या गरेको पुष्टि गर्‍यो।

घटना २

कात्तिक १९ गते काभ्रे नमोबुद्ध नगरपालिकास्थित दाप्चाको तल्लो हटियामा किराना पसल सञ्चालक श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमाया श्रेष्ठ मृत फेला परे। घाँटी रेटेर हत्या गरी नगद र गरगहना लुटेर डाका समूह फरार भएको थियो। सीआईबीको सहयोगमा काभ्रे प्रहरीले ललितपुर भैेंसेपाटी बस्दै आएका किरणकुमार मगर र चाबहिल बस्ने सुमन राईलाई पक्राउ गरेको थियो।

घटना ३

रूपन्देही ओसतिया गाउँपालिका बस्ने महेन्द्रप्रसाद कुर्मीलाई गोली हानी हत्या गरेको घटना अनुसन्धानमा समेत सीआईबीले सफलता पायो। भदौमा भैरहवा परासी सडकमा बैंकबाट रकम झिकी घर फर्कने क्रममा कुर्मीको उत्तर प्रदेशका मनिष हरिजनले गोली हानेर हत्या गरी पाँच लाख लगेका थिए।

सबै अनुसन्धानमा सीआईबीले केन्द्रबाटै प्रहरी खटाएको थियो। सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार जघन्य घटनाको अनुसन्धान सोचेजस्तो सजिलो हुँदैन। दसी, प्रमाण नभएको अवस्थामा समेत सीआईबीले सुक्ष्म विश्लेषण गरेर अनुसन्धान गर्दै आएको छ। सीआईबीले १७ वर्ष पुरानो हत्या घटनाको अनुसन्धानलाई समेत पूर्णता दिएको जानकारी एसपी पाण्डेले दिए। २०५८ सालमा काठमाडौं महानगरपालिका ३५ नकारी टोलमा विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा संलग्नलाई सीआईबीले २०७५ मा पक्राउ गरेको थियो। वास्तविक परिचय लुकाएर भागेका काभ्रेका जितेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। उनी देव भन्ने ज्ञानेन्द्र श्रेष्ठको परिचय दिएर कपनमा लुकेर बस्दै आएका थिए।

पाण्डे भन्छन्, ‘अनुसन्धान कहिल्यै नरोकिने विषय हो। यसमा निरन्तर लागिरहने हो भने सफलता हात मिल्छ।’ भक्तपुर कटुन्जेकी विजेश्वरी प्रजापतिको हत्या २०७५ असारमा भएको थियो। कास्की बेगनास घर भई पर्सा सुवर्णेश्वर बस्दै आएका देवीरमण अधिकारीले हत्या गरेको रहस्य खुलेपछि प्रहरी भारत पुगी नेपालमै आएका बेला उनलाई पक्राउ गरियो।

२०७४ मा कपिलवस्तु मायादेवी बस्ने मोहम्मद अहेमानको अपहरणपछि हत्या भएको घटनाको अनुसन्धानलाई समेत पूर्णता दिएको छ। पैसाकै लागि अपहरण गरेको खुलेपछि सीआईबीले नसिमलाई असार २१ गते सिनामंगलबाट पक्राउ गर्‍यो। ‘सातवटा कर्तव्य ज्यान र एउटा डाका घटनामा संलग्न नसिम पक्राउ गर्न सीआईबीले धेरै मेहनत गर्नुपर्‍यो’, एसपी पाण्डेले भने, ‘लगातारका प्रयासले सफल भएका हौं।’

१२ वर्षअघि पे्रमिकाको हत्या गरी फरार भएका सानु भन्ने राजेश लामालाई पनि सीआईबीले पक्राउ गरेको छ। २०६४ मा ललितपुर इमाडोलमा तारा भन्ने सुनिता लामालाई राजेशले छुरा हानी हत्या गरेका थिए। राजेशलाई गत साउत १० गते सानेपाबाट पक्राउ गरिएको थियो। २०५८ साउनमा मध्यबानेश्वरमा निर्माणाधीन घरमा सामान कुर्न बसेका अशोक राईको हत्यामा संलग्न भीमसेन भण्डारीलाई गत भदौ २३ गते भक्तपुर बसपार्कबाट पक्राउ गरेको थियो। सीआईबीका अनुसार २०५९ मा नुवाकोट ककनीमा पदमकुमारी गुरुङको हत्यामा संलग्न भरत सुनार, २०५७ मा काभ्रे नमोबुद्धका धमैसिंह तामाङको हत्या घटनामा संलग्न उनका छोरा रनबहादुर तामाङ, २०५९ मा धादिङका पशुराम तामाङको हत्यामा संलग्न धादिङकै गोम लामा तामाङ र शुक लामा तामाङ समेतलाई यसै वर्ष प्रहरीले पक्राउ गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.