सशस्त्र प्रहरी जवानले आफैँलाई हाने गोली
मलङ्वा : सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका एक जवानले आफैँले आफैँलाई गोली हानेका छन्। ड्युटीमा रहेको समयमा शनिबार राति साढे ११ बजे प्रहरी जवान आनन्द मोहन मिश्रले आफैँले आफैँलाई गोली हानेका हुन्। गोली मिश्रको घाटीमा लागेको सशस्त्र प्रहरीले जनाएको छ।
सामान्य घाइते भएका मिश्रको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। गोली के कति कारणले हानेको हो अहिलेसम्म खुल्न नसकेको र छानबिन भइरहेको प्रहरीले जनाएको छ।