गाउँपालिकाको सेवा लथालिङ

गाउँपालिकाको सेवा लथालिङ

जाजरकोट : जिल्लाको जुनीचाँदे गाउँपालिकाका जनप्रतिनिधी घुस काण्डमा मुछिएपछि नियमित कामकाज प्रभावित भएको छ। गाउँपालिकाको कार्यसम्पादन प्रभावकारी नभएपछि स्थानीय असन्तुष्ट छन्।

नीतिगत निर्णय, कानुन निर्माण, विकास निर्माण लगायतका कार्य ठप्प छन्। स्थानीय तहको निर्वाचन भएको तीनवर्ष पुग्न लाग्दा समेत स्थानीयले गाउँ–गाउँमा सिंहदरबार महसुस गर्न पाएका छैनन्। चुनीचाँदे गाउँपालिका–४ का स्थानीय हरिबहादुर खड्काले भन्छन्, ‘हामीले जिताएका जनप्रतिनिधि आफैं घुस खाएरै समृद्ध बन्न थाले जनताले सेवा पाए नपाएकोबारे कुनै वास्ता छैन।’

गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीलाई घुस काण्डमा अख्तियारले पक्राउ गरेको छ। लामातरा—गर्खाकोट सडक निर्माण गर्दा निर्माण डोजर मालिकबाट आठलाख घुस लिदै गर्दा केसीसहित उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेतलाई अख्तियारले रंगेहात पक्राउ गरेर थुनामा राखेको छ। सोही योजनामा वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाही पनि पक्राउ परेका छन्।

जनप्रतिनिधी पक्राउ परेपछि कर्मचारीले राम्रोसँग काम नगरेका स्थानीयको गुनासो छ। गाउँपालिकाको केन्द्र सानाखोलामा राख्ने वा लुहादह भन्ने विवाद टुङ्गो नलाग्दा विवाद सर्वोच्च अदालत पुगेको छ। केन्द्र विवाद टुङ्गो नलाग्दा पालिकाको प्रशासनिक कार्य सदरमुकामबाटै हुँदै आएको छ। केन्द्र विवादले सिंहदरवारको अवधारणा सदरमुकाममै अड्किएको स्थानीय सर्पराज खत्रीले बताए। ‘समृद्ध गाउँपालिका बनाउने अपेक्षाका साथ हामीले जिताएका जनप्रतिनिधि कमाउ धन्दामा लागेपछि अब कसलाई विश्वास गर्ने’, उनले भने। सेवाग्राही कार्यालय पुग्दा रित्तो हात फर्कनुपर्ने स्थिति रहेको बताउँदै स्थानीय प्रेमबहादुर खत्रीले भने, ‘विकास निर्माण लथालिङ्ग छ।’

दुई दिन हिडेर सेवाग्राही सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। तर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाही भने अध्यक्ष पक्राउ परेपछि नियमित कामकाजमा असर नपरेको दावी गर्छन्। केन्द्र विवाद र अध्यक्ष पक्राउ पर्दा नीतिगत निर्णय गर्न समस्या भएपनि सदरमुकामबाट नियमित कार्यसम्पादन भइरहेको उनको तर्क छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.