‘स्मृतिलोकको यात्रा’ मा अन्जना

‘स्मृतिलोकको यात्रा’ मा अन्जना

काठमाडौं : आइतबार प्राध्यापक डा. अन्जना वस्ती (भट्टराई) को जीवनी तथा संस्मरणमा आधारित पुस्तक ‘स्मृतिलोकको यात्रा’ लोकार्पण भएको छ । यो उनको दोस्रो साहित्यिक पुस्तक हो ।

किर्तीपुरस्थित रोज गार्डेन रेष्टुरेन्टमा ओरिएन्टल पब्लिकेशनद्वारा आयोजित उक्त लोकार्पण तथा विमर्श कार्यक्रममा कार्यक्रमका अध्यक्ष साधना प्रतीक्षा तथा प्रमुख अतिथि ज्ञानु पाण्डे लगायत अन्य वक्ताहरूले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक ११० औं विश्व नारी दिवसको अवसर पारेर बजारमा ल्याइएको हो । 

पुस्तकको बारेमा बोल्दै अनिता पंथीले यस पुस्तकले जीवन नै संघर्षको पर्याय हो भन्ने कुरालाई पुष्टि गरेको बताइन् । उनले भनिन्, ‘लेखिकाले आफ्नो समयको राजनीतिक परिवेश, विश्वविद्यालमा हुने खिचातानी जस्ता विभिन्न विकृतिलाई समेट्नुको साथै जीवनमा आफूले गरेको संघर्ष कलात्मक रूपमा प्रस्तुत गरेकी छिन् ।’  

अहिले लेखिने प्रायः साहित्यक पुस्तकमा नैतिक तथा व्यबहारिक शिक्षातिर खासै ध्यान पुर्‍याएको नदेखिएको तर, यस पुस्तकबाट पाठकले नैतिक शिक्षा पाउन सक्ने कुरा ज्ञानु अधिकारीले बताइन् । उनले भनिन्, ‘अहिले साहित्यिक पुस्तक धेरै लेखिन्छन् । तर, त्यसमा नैतिक शिक्षा हराएको जस्तो भान हुन्छ । 'स्मृतिलोकको यात्राबाट' नैतिक शिक्षा मज्जाले पाउन सकिन्छ । यो लेखको बलियो पक्ष हो ।’ अधिकारीले यो पुस्तक नारीको संघर्ष, धैर्यता, सहनशीलता, व्यवहार आदि जस्ता समग्र कुराको पूर्ण प्याकेज भएको बताइन् । 

कार्यक्रमकी प्रमुख अथितिले लेखिका अन्जनाले समाजका नराम्रा संस्कार वा मान्यताबाट प्रेरित भइ वा पाठ सिकेर राम्रा काम कसरी गर्न सकिन्छ भनेर पाठकलाई सकारात्मक सन्देश यस पुस्तक मार्फत् दिन खोजेको बताइन् । उनले भनिन्, ‘व्यक्तित्व निर्माणका लागि स्वअनुशासन चाहिन्छ, जुन यसक पुस्तकले बोलेको छ ।’ 

पुस्तक ओरिएन्टल पब्लिेकेशनले बजारमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.