सिन्धुली अस्पतालमा आइसोलेसन वार्ड

सिन्धुली अस्पतालमा आइसोलेसन वार्ड

सिन्धुली : सिन्धुली अस्पतलामा ३ बेडको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना गरिएको छ। कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला त्यस्ता शंकास्पद लक्षण भएका बिरामीका लागि आइसोलेसन वार्ड स्थापना गरिएको हो।

अस्पताल परिसरभित्रै स्थापना गरिएको वार्डमा शंकास्पद बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा, बिरामीको उपचारमा आवश्यक पर्ने उपकरणसमेत व्यवस्थापन गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलादकुमार पोखरेलले जानकारी दिए।

‘कोरोना भाइरस संक्रमण भएका शंकास्पद बिमारीलाई भेटी पहिलो चरणमा उनीहरूलाई सुरक्षित राखेर पहिचान गर्ने, ल्याब परीक्षण गर्ने र थप उपचारका लागि सुविधा सम्पन्न ठाउँमा पु¥याउन आइसोलेसन कक्षले सहयोग पुग्नेछ,’ उनले भने।

अस्पतालले कोरोना भाइसरका लक्षण, यसबाट बच्ने उपाय, उपचार विधि तथा औषधिका विषयमा जानकारी दिने गरी चिकित्सक सहितको हेल्प डेस्कसमेत सञ्चालनमा ल्याएको पोखरेलले बताए।

जिल्लामा भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै अस्पतालका चिकित्सकलाई हाइअलर्ट रहन भनिएको छ। यस्तै, अस्पतालमा आवश्यक औषधिको व्यवस्थापन गरिएको र मास्कको बन्दोबस्तीसमेत मिलाउने काम भइरहेको अध्यक्ष पोखरेलले जानकारी दिए। उनले कतिपय सुरक्षाका सामग्री उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.