१३ वर्षमा बिहे, २१ वर्षमै पाँचौं गर्भ

१३ वर्षमा बिहे, २१ वर्षमै पाँचौं गर्भ

जाजरकोट : भेरी नगरपालिका-११ कट्टी गाउँकी पार्वती सुनारको १३ वर्षकै उमेरमा स्थानीय एक युवकसँग विवाह भयो। विवाह भनेको के हो थाहा नै नपाउने उमेरमा ६ कक्षामा पढ्दापढ्दै घरपरिवारले उनलाई विवाह गरिदिए। विवाहसँगै उनको पढाई पनि छुट्यो।

विवाह भएको एक वर्ष पछि नै पहिलो गर्भ रहेपनि त्यो गर्भमै तुहियो। दुई वर्ष पछि दोस्रो गर्भबाट बच्चा जन्मिाए पनि उनले बचाउन सकिनन्। त्यसपछि जन्मिएका दुई छोरी भने सकुसल छन्। हाल उनको उमेर २१ वर्षको भयो। उनी गर्भवती छन्। छोरा पाउने आशमा उनले पाँचौ गर्भ बोकिरहेकी छन्। भेरी नगरपालिकाको स्वास्थ्य शाखाले गाउँमै भिडियो एक्सरे सेवा दिन आयोजना गरेको शिविरमा जगतिपुर स्वास्थ्य चौकीमा पुगेकी उनले विगत सुनाएकी हुन्। ‘के गर्ने सानैमा बिहे गरियो। दुवै जना बेरोजगारी। श्रीमान ज्याला मजदुरी गर्नु हुन्छ। कहिले काँही कालापार(भारत) पनि जानुहुन्छ तर पनि छाक टार्न समेत मुस्किल छ।’ कुराकानीकै क्रममा उनले भनिन ‘अहिले न हातमा सिप छ कमाई गर्ने न अन्य उपाय नै, कसरी केटाकेटी र मेरो पेट भरुँ?’ सानैमा बिहे गरेकोमा उनलाई अहिले पछुतो लागि रहेको छ। विवाह गर्ने उमेरमा पाँचौं गर्भ बोक्न बाध्य उनलाई पाठेघर (आङ)खस्ने समस्या समेत थपिएको छ। पढेर सक्षम भएको भए अहिले यस्तो दुःख किन भोग्ने पर्थ्यो होला उनले पीडा सुनाउँदै भनिन्।

सोही गाउँकी २२ वर्षीय गौरी कामीले पनि १३ वर्षकै उमेरमा विवाह गरेकी थिइन। सात कक्षामा पढ्दापढ्दै गाउँको एक जना युवकसँग माया प्रेम बस्यो। उनीहरुले भागेर विवाह गरे। श्रीमानले जेनतेन एसईई पास गरे तर गौरीको पढाई त्यही विराम लाग्यो। १४ वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी उनले १८ वर्षको उम्मेरमा दोस्रो सन्तान छोरा जन्माइन। २२ वर्षीया गैरीको पेटमा तेस्रो गर्भ छ। परिवार नियोजनका साधन बारे जानकारी नहुँदा इच्छा नभएपनि गर्भ बोक्न बाध्य भएको बताइन।

सात कक्षामा पढ्दापढ्दै १४ वर्षको उमेरमा विवाह गरेकी सोही ठाउँकी भगवती विकले १६ वर्षको उमेरमा पहिलो सन्तान जन्माइन। उनी अहिले २१ वर्षकी भइन दोस्रो गर्भ पेटमा छ। गर्भ जाँच गराउन स्वास्थ्य चौकी पुगेकी उनी पनि अन्जानमै विवाह गरेको बताउँछिन्। आफु सानै उमेरमा विवाह गर्दा पढ्न नपाएकोमा पछुतो लागेको बताउने उनले पढेर आफु सक्षम भएपछि मात्र विवाह गर्न अन्य किशोर किशोरीलाई आग्रह गरिन। 

जगतिपुर स्वास्थ्य चौकीबाट निशुल्क भिडियो एक्सरे सेवाबाट गर्भ जाँच गराउने ४१ जना गर्भवती आमाहरुमध्ये अधिकांशले १३ देखि १८ वर्षको उम्मेरमै विवाह गरेको पाइएको छ। ति मध्य धेरैले १४ देखि १९ वर्षको उमेरमा पहिलो सन्तान जन्माएका थिए। ति मध्य सानैमा विवाह गर्ने र उमेर नपुग्दै आमा बन्ने किशोरीहरु अधिकांश दलित समुदायका रहेको डा. भूपेन्द्रप्रकाश मल्लले बताए। 'जहाँ अझै पनि अशिक्षा छ। अज्ञानता छ। त्यस्तो समुदायका किशोरीहरु बालविवाह गर्न बाध्य छन्। उमेर नपुग्दै विवाह गर्ने र गर्भवति हुँदा आमा र शिशुको स्वास्थ्यमा गम्भीर असर देखिन्छ' डा. मल्लले भने। आमाको उमेर नपुग्दै जन्मिएका शिशु कम तौलका जन्मिने, उचाई कम हुने, कुपोषणको समस्या  लगायतका समस्या देखिन्छन्।

नेपालको कानुन अनुसार २० वर्ष नपुग्दै गरिने विवाहलाई दण्डणीय मानेको छ। तर जाजरकोटमा १९ वर्ष नपुग्दै ७४ प्रतिशतले विवाह गर्ने गरेको जिल्ला बाल कल्याण समितिले प्रकाशित गरेको जाजरकोटका बालबालिकाको स्थिति प्रतिवेदन २०७४ मा उल्लेख गरिएको छ। बालविवाह न्युनिकरणका लागी सरकारी तथा गैरसरकारी निकायले वर्षेनी लाखौ रकम खर्चे पनि बालविवाह गर्ने कार्य रोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.