सुदूरपश्चिम ११ सेमिफाइनलमा

सुदूरपश्चिम ११ सेमिफाइनलमा

मलंगवा : सुदुरपश्चिम-११ सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा सुदुरपश्चिमले एनआरटी क्लब काठमाडौंलाई २-१ गोलले हरायो।

प्रतिस्पर्धात्मक खेलमा सुदुरपश्चिमले ११औं मिनेटमा सुरुआती अग्रत लिएको थियो। सुदुरपश्चिमका विकास लामाले पहिलो गोल गरे। उनले विक्रमसिंह ठकुरीको पासमा गोल गरेका थिए। त्यसपछि एनआरटीले ४२औं मिनेटमा बराबरी गोल फर्कायो। एनआरटीका दर्शन गुरुङले बराबरी गोल गरे। उनले प्रकाश बुढाथोकीको पासमा गोल गरेका थिए। पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा सुदुरपश्चिमले बाजी मारेको थियो।

५३औं मिनेटमा सुदुरपश्चिमका फिलिप तामाङले गरेको प्रहार विपक्षी खेलाडीले रोक्ने मौका पाएनन्। एनआरटीका गोलरक्षकले समेत बललाई नियन्त्रणमा लिन नसक्दा सुदुरपश्चिम दोस्रो गोल गर्न सफल भयो। खेलको अन्तिमसम्म शसक्त खेल प्रदर्शन गरेको सुदुरपश्चिमले अन्ततः अन्तिम चारमा स्थान बनायो। एनआरटीले खेलको अन्तिममा गोल फर्काउने मौका पाएपनि सदुपयोग गर्न सकेन। सुदुरपश्चिमका फिलिप तामाङ म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। मंगलबार आयोजक बागमती नगरपालिक र कंचनजंघा फुटबल क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.